बिहीबार, असार २५, २०८३

हजार्डको गोलले हारबाट जोगियो रियल

खेलको अन्तिम समयमा इडेन हजार्डले गोल गरेपछि घरेलु मैदानमै रियल मड्रिड हारबाट जोगिएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - खेलको अन्तिम समयमा इडेन हजार्डले गोल गरेपछि घरेलु मैदानमा रियल मड्रिड हारबाट जोगिएको छ।

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले पाहुना टिम सेभियासँग २–२ गोलको बराबरी गर्दै हारबाट जोगियो।

रियलका लागि मार्को एसेन्सिया र हजार्डले गोल गरे भने सेभियाका लागि फरनान्डो र राकिटिकले गोल गरे।

खेलको २२ औं मिनेटमा राकिटिकले फिड गरेको बललाई सदुपयोग गर्दै फर्नान्डोले रियलको पोस्टमा गोल गरेका थिए। यससँगै पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो।

दोस्रो हाफको ६७ औं मिनेटमा टोनी क्रुसको पासमा रियलका एसेन्सियोले गोल गरेका थिए। यससँगै खेल बराबरीमा भने आयो तर लामो समय टिकेन। ७८ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै रोकिटिकले नै गोल गरे।

त्यसपछि खेलमा पुनः सेभिया हाबी भयो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयमा टोनी क्रुसको पासलाई सदुपयोग गर्दै हजार्डले गोल गरेका थिए।

यो बराबरीसँगै तेस्रो स्थानको रियल दोस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको सेभिया भने यथावत् छ। रियल र बार्सिलोनाको समान ७५ अंक छ भने शीर्षस्थानको एट्लेटिको मड्रिडको ७७ अंक छ।

सेभिया ७१ अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: May 10, 2021| 02:10 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।