आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आर्यघाटमा एकै दिन ७६ वटासम्म शव आउन थालेपछि व्यवस्थापनमा कठिन

आर्यघाटमा एकै दिन ७६ वटासम्म शव आउन थालेपछि व्यवस्थापनमा कठिन

केही समयअघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि वैशाख २० गतेदेखि शव दाह गृह नजिकै बागमतीको तीरमा अन्त्येष्टि गरिँदै आएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– दिनप्रतिदिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेपछि काठमाडौंको आर्यघाटमा शव व्यवस्थापन कठिन बन्दै गएको छ।  केही समयअघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि वैशाख २० गतेदेखि शव दाह गृह नजिकै बागमतीको तीरमा अन्त्येष्टि गरिँदै आएको छ।

National life

त्यहाँको चितामा पालो नपाएपछि चौरमा अन्त्येष्टि गर्न थालिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार २० गते एकै दिन ३३ शव आएको थियो। शनिबार ७६ वटा शव आएको कोषले जनाएको छ। एकै दिनमा ७० भन्दा बढी आएपछि विकास कोषले शनिबारबाट दाउरा भण्डारण गर्ने क्षेत्रमा समेत शव जलाउन सुरु गरेको छ। 

कोरोना संक्रमण भई निधन भएका दैनिक ७० देखि ७६ को हाराहारीमा शव आउन थालेको कोषका प्रवक्ता भोलाप्रसाद सिटौलाले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातामा शवको संख्या ह्वात्तै बढेको छ।  ‘अत्यधिक शव आउन थालेपछि अब कहाँ कसरी व्यस्थापन गर्ने ? भन्ने विषयमा हामी केन्द्रित छौं’, सिटौलाले भने।

यही दरमा शव आउने क्रम बढ्यो भने व्यवस्थापनमा थप कठिन हुने सिटौला बताउँछन्। उनी भन्छन्, ‘अहिले नै हम्मेहम्मे परेको छ, कतिपय अवस्थामा शव होल्ड गर्नुपरेको छ। अझै बढ्यो भने व्यस्थापन गर्न अत्यन्त कठिन हुने निश्चित छ।’ 

विद्युतीय शवदाह गृहमा दैनिक ३३ वटा शवदाह गरिन्छ। बाँकी शव वाग्मती किनारामा र दाउरा भण्डारण गर्ने क्षेत्रमा जलाउने गरिएको छ। आर्यघाटमा वैशाख १ गतेदेखि १५ गतेसम्म दिनमा पाँच जनासम्म कोरोना संक्रमणबाट ज्यान गुमाएकाको अन्तेष्टि गरिन्थ्यो।  
निषेध आदेश सुरु भएसँगै यो संख्या बढ्दै गएको छ। कोषका अनुसार विद्युतीय शव दाह गृहमा १६ गते १२ शव आर्यघाटमा आएको थियो। 

Laxmi sunrise bank
kumari

शनिबार एकै दिनमा ७६ जनासम्मको शव आएको विद्युतीय शवदाह गृह प्रमुख सुवास कार्कीले जानकारी दिए। उनका अनुसार १७ गते २१ जना, १८ गते १६ जना, १९ गते २७ जना, २० गते ३३ जना, २१ गते २८ जना, २२ गते ४८ जना, २३ गते ५५ जना, २४ गते ७३ जना २५ गते ७६ जना र २६ गते साँझसम्ममा ५३ जनाको शव अन्त्येष्टि गरिएको छ। 

वैशाख १६ गतेदेखि २६ गते साँझसम्म ४ सय ४२ शवको अन्त्येष्टि गरिएको छ। वैशाख १ गतेदेखि १५ सम्म ७५ शव अन्त्येष्टि गरिएको थियो।  विद्युतीय शवदाह गृहमा एउटा शव अन्त्येष्टिका लागि ४५ मिनेटदेखि एक घण्टासम्म लाग्छछ। दुई वटा शवदाह गृहमा २० घण्टामा ४० वटा शवको अन्त्येष्टि हुँदै आएको छ। 

खुला चौरमा अहिलेसम्म १ सय ८४ शव जलाइएको विद्युतीय शवदाह गृह प्रमुख कार्कीले जानकारी दिए। उनका अनुसार २१ गते २२ वटा, २२ गते ३३ वटा, २३ गते २५ वटा, २४ गते २५ वटा, २५ गते ४३ वटा, २६ गते १८ वटा दाउराबाट अत्येष्टि गरिएको छ। 

विद्युतीय शवदाह गृहमा प्लास्टिक हाल्न हुँदैन। तर कोरोनाबाट मृत्यु भएकाको शव प्लास्टिकले बेरेको हुन्छ। प्लास्टिक नझिकी शव जलाउने गरिएको छ। यस कारण मेसिनलाई असर पुर्‍याएको विद्युतीय शवदाह गृह प्रमुख कार्कीले बताए। उनले भने, ‘अहिलेसम्म जवरजस्ती चलाइएको छौ। यो कहिले बिग्रिन्छ भन्ने थाहा छैन।’ विद्युतीय शवदाह गृह बिग्रियो र शव आउने क्रम अझै बढ्यो भने शव जलाउनसमेत अत्यन्त कठिन हुन सक्ने पशुपति विकास कोषका कर्मचारी बताउँछन्। 

प्रकाशित: May 09, 2021| 16:22 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।