बिहीबार, असार २५, २०८३

सुपर लिग : लिग चरणको अन्तिम खेलमा काठमाडौंको जित

नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेल सकिएका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेल सकिएका छन्। आइतबारको खेलमा चितवन फुटबल क्लबले काठकाडौंसँग अन्तिम हार बेहोरेसँगै लिग चरणका खेल सकिएका हुन्।

अन्तिम खेलमा पनि जित निकाल्न नसकेपछि जारी लिगमा चितवन जितविहीन रह्यो। उसले ६ खेलमध्ये दुई खेलमा बराबरी गर्‍यो भने चार खेलमा हार बेहोर्‍यो।

त्रिपुरेश्वरस्थित दशरथ रंथशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा काठमाडौंले २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलमा काठमाडौंका मेसुके ओलुमेउ र सन्जोक राईले गोल गरे। चितवनका राजिव लोप्चनले एक गोल फर्काए।

खेलको १७ औं मिनेटमा ओलुमेउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। एक गोलको अग्रताका साथ खेलमा दबाब बनाएको काठमाडौंका संजोकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यता खेलको ४० औं मिनेटमा चितवनका लोप्चनले गोल गरेपछि भने पहिलो हाफको नजिता २–१ गोल भएको थियो।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि काठमाडौंले २–१ गोलले खेल जितेको थियो। आजको खेलमा काठमाडौंले १२ प्रहार गरेको थियो भने चितवनले १८ बल प्रहार गरेको थियो। यो जितसँगै काठमाडौंले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको धनगढीको १० अंक छ। 

अब काठामाडौंले मंगलबारको खेलमा दोस्रो स्थानको धनगढीसँग खेल्नेछ। सो खेलमा जित निकालेको अवस्थामा काठमाडौंले फाइनलमा खेल्ने अवसर पाउनेछ।

प्रकाशित: May 09, 2021| 13:56 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।