बिहीबार, भदौ ४, २०८३

३३ सय ८३ संक्रमित थपिए, १ लाख ९८ हजारले खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण देखिएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो। सोही अवधिमा १ हजार ९९४ जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ। 

हालसम्म पीसीआर विधिबाट ७ लाख २ हजार ९७ जना र एन्टिजेन ६३ हजार  ७१८ विधिबाट जनामा कोरोना पुष्टि भएको छ। कोरोना मुक्त हुनेको संख्या ६ लाख  ६० हजार ११६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९२२ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ४५९ जनाले कोभिडविरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 03, 2021| 18:15 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।