बिहीबार, माघ ८, २०८२

नेयमारले नछाड्ने भए पीएसजी

‘हामीले फाइट गर्‍यौं तर म पीएसजीको ऐतिहासिक कदमको हिस्सेदार हुन पाएकोमा खुसी छु। पीएसजीलाई उपाधि दिलाउन सक्दो कोसिस गर्नेछु।’
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - च्याम्पियन्स लिगमा हार बेहोरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमार स्पेनिस क्लब बार्सिलोना फर्कन सक्ने विश्वास गरिएको थियो। तर, ब्राजिलियन फरवनर्ड नेयमारले फ्रेन्च क्लब पीएसजीसँग सम्झौता नवीकरण गरेका छन्। उनले शनिबार मात्र २०२५ सम्मका पीएसजीमै रहने गरी सम्झौता गरेसँगै उनी अब बार्सिलोना नफर्कने भएका हुन्।

National life

२९ वर्षे नेयमारले आफू पीएसजीमै खुसी रहेका कारण नयाँ सम्झौता गरेको बताएका छन्। उनले २०१७ मा विश्वकै सर्वाधिक मूल्य २२० मिलियन यूरोमा पीएसजीमा अनुबन्ध भएका थिए।

त्यसपछि पीएसजीले च्याम्पियन्स लिग नजितेपछि उनी बार्सिलोना फर्कने आशंका गरिँदै आइएको थियो।

यसैबीच उनले सम्झौता नवीकरण गर्दै भनेका छन्, ‘म यहाँ एक व्यक्तिका रुपमा चित्रित भएको छु। र, खेलाडीका रुपमा पनि परिचित छु।’

उनले थपे, ‘मैले यहाँबाट धेरै कुरा सिक्ने अवसर पाएँ। कति कुराहरू पनि भए जुन नभएको भए राम्रो हुने थियो।’ तर उनले पीएसजीमा बिताएका समय धेरै उत्पादनमूलक रहेको दाबी गरेका छन्।

Laxmi sunrise bank
kumari

उनले पीएसजीमा जाँदा पाँच वर्षको सम्झौता गरेका थिए। त्यसयता उनले ११२ खेलमा ८५ गोल र ५१ एसिस्ट गरिसकेका छन्। तर, उनले २०१९ मा बार्सिलोना फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनीसँग पीएजीको बोर्ड र समर्थक रिसाएका थिए।

त्यसलाई इंगित गर्दै उनले भने, ‘हामीले फाइट गर्‍यौं तर म पीएसजीको ऐतिहासिक कदमको हिस्सेदार हुन पाएकोमा खुसी छु। पीएसजीलाई उपाधि दिलाउन सक्दो कोसिस गर्नेछु।’

प्रकाशित: May 09, 2021| 01:22 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।