बिहीबार, असार २५, २०८३

अग्रता जोगाउन नसक्दा सिटीको पराजय, अर्को खेलमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा उपाधि नजिक रहेको म्यानचेस्टर सिटीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजित भएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा उपाधि नजिक रहेको म्यानचेस्टर सिटीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजित भएको छ। लिगमा शनिबार राति सम्पन्न खेलमा उसले पाहुना टिम चेल्सीसँग २–१ गोलको हार बेहोरेको हो।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीले खेलमा अग्रता बनाएको थियो। तर, सो अग्रता चेल्सीले ६३ औं मिनेटमा तोड्यो।

हाकिमी जियाचले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तुलनात्मक रुपमा बलमा केहै धेरै पकड बनाएको सिटीले भने गोल गर्न सकेन।

यता खेलको इन्ज्युरी समयमा चेल्सीका मार्कस एलन्सोले गोल गरेपछि चेल्सी २–१ गोलको अग्रतामा आयो। अन्तिम मसयमा बेहोरेको गोलसँगै सिटी पराजित भयो भने चेल्सीले खेल जित्यो।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको चेल्सीले ६४ अंक बनाएको छ भने शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको सिटीको ८० अंक छ। सिटी अहिले उपाधिबाट एक जित टाढा छ।

चेल्सीले पछिल्लो पटक एफए कपमा पनि सिटीलाई हराएको थियो। अब चेल्सी र सिटीको भिडन्त च्याम्पियन्स लिगको फाइनलमा हुनेछ।

प्रिमियर लिगमा गएराति नै सम्पन्न खर्को खेलमा भने लिभरपुलले साउथह्याम्टनविरुद्ध २–० गोलको जित निकालेको छ।

एनफिल्डमा भएको खेलमा उसले सहज जित निकालेको हो। जितका लागि पहिलो हाफमा साडियो माने र खेलको अन्तिम मिनेटमा थियागो अल्काटाराले गोल गरेका थिए।

यो जितसँगै लिभरपुलले ५७ अंक जोडेको छ। यद्यपि ऊ अहिले छैटौं स्थानमा छ। पराजित साउथह्याम्टन १६ औं स्थानमा छ।

प्रकाशित: May 09, 2021| 01:01 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।