बिहीबार, असार २५, २०८३

बार्सिलोनासँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका छन्।

बार्सिलोनाको क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टिमले अधिक समय बलमा पकड बनाए पनि गोलका अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो।

खेल अवधिर बार्सिलोनाले १२ र एट्लेटिकोले ११ पटक प्रहार गरे पनि कुनै प्रहारले पोस्टको जाली चुम्न सकेन। अधिकांश बल किपरको हातमा पुगेर रोकिएका थिए।

यससँगै ला लिगाको विजेता निर्क्याेल गर्ने खेलको रुपमा रहेको बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा रोकियो।

यो बराबरीपछि ३५ खेलका साथ ७७ अंक बनाएको एट्लेटिको मड्रिड शीर्षस्थानमा छ भने ७५ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ। एक खेल हातमा भएको रियल मड्रिड भने ७४ अंकका साथ तेस्रो स्थानमा छ।

अघिल्लो खेलमा जित निकाल्न सके रियल मड्रिड लिगको शीर्षस्थानमा जानेछ। यता ला लिगामा तीन खेलमात्र बाँकी रहँदा उपाधि उपाधि विजेताको टुंगो लाग्न सकेको छैन।

बरु उपाधि भिडन्त अझै कसिलो बन्दै गएको छ। पछिल्लो सिजनको उपाधि रियलले जितेको थियो भने बार्सिलोनाले अन्तिम पटक २०१८ मा लिग उपाधि जितेको थियो। २०१३ यता एट्लेटिको मड्रिडले भने उपाधि जितेको छैन।

प्रकाशित: May 09, 2021| 00:48 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।