बिहीबार, असार २५, २०८३

बायर्नले लगातार नवौंपटक जित्यो बुन्डेस लिगाको उपाधि

जर्मनको शीर्ष डिभिजन फुटबल बुन्डेस लिगाको उपाधि लगातार नवौं पटक बार्यन म्युनिखले जितेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - जर्मनको शीर्ष डिभिजन फुटबल बुन्डेस लिगाको उपाधि लगातार नवौं पटक बार्यन म्युनिखले जितेको छ।

शनिबार रातिको खेलमा दोस्रो स्थानको आरबी लाइप्जिकले पाँचौं स्थानको बोरुसिया डर्टमन्डसँग हार बेहोरेपछि अंक तालिकामा ६ अंकको अग्रता बनाएको बायर्नले लिग जितेको थियो।

सो खेलमा डर्टमन्डको जितका लागि मार्को सिउसले एक गोल गरेका थिए भने जाडन सान्चेले दुई गोल गरेका थिए। लाइप्जिकका लुकारले क्लोस्टेर्मन र ड्यानी ओल्मोले समान १–१ फर्काएका थिए।

यो खेलमा लाइप्जिक ३–२ गोलले पछि पर्दै उसले अंकतालिका ६४ अंक बनाएको थियो। यता डर्टमन्डले भने जितसँगै एक स्थान सुधार गरेर चौथो स्थानमा पुगेको थियो।

त्यस्तै, तीन खेल अगावै उपाधि जितेको बायर्नले पनि गएरातिको खेलमा सानदार जित निकालेको छ। उसले घेरेलु मैदानमा मोन्छेनग्लाडबाखविरुद्ध ६–० गोलअन्तरको जित निकलोको हो।

बायर्नको जितमा रोवर्ट लेवान्डोस्किले ह्याट्रिक गरे। त्यस्तै, थोमस मुलर, किंग्सले कोम्यान, र लेरोय सानेले समान १–१ गोल गरे। यो जितसँगै बायर्नले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ।

ग्लाडबाख सातौं स्थानमा छ। त्यस्तै, जारी सिजनमा दुई खेल बाँकि रहँदै लेवान्डोस्कीले बुन्डेस लिगामा ३९ गोल गरिसकेका छन्।

प्रकाशित: May 09, 2021| 00:44 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।