बिहीबार, माघ ८, २०८२

यस्तो बन्यो एनएसएलको प्ले अफ समीकरण 

नेपाल सुपर लिग (एनएसएल)को लिग चरणमा एकमात्र खेल बाँकी छ। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को लिग चरणमा एकमात्र खेल बाँकी छ। 

National life

त्यो खेलमा आइतबार काठमाडौं रेजर्स र चितवन फुटबल क्लब भिड्दैछन्। तर, सो खेलअघि नै प्ले अफको समीकरणको भने टुंगो लागेको छ। 

जहाँ धनगढी फुटबल क्लब, काठमाडौं रेजर्स, बुटबल लुम्बिनी क्लबर लतिलतपुर सिटी प्ले अफमा उक्लिसकेका छन्। 
तालिकाको शीर्ष र दोस्रो स्थानमा धनगढी र काठमाडौं छने भने तेस्रो र चौथो स्थानमा क्रमशः ललितपुर र बुटबल लुम्बिनी छन्। 

अब मंगलबार हुने प्ले अफको पहलो खेलमा काठमाडौंले धनगढी फुटबल क्लबसँग खेल्नेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टिमका लागि पनि फाइनल पुग्ने अर्को अवसर हुनेछ।

त्यस्तै, बुधबार हुने इलिमिनेटरको पहिलो खेलमा तेस्रो स्थानको ललितपुर सिटीले चौथो स्थानको बुटबल लुबिनी फुटबल क्लबको सामना गर्नेछ। बुधबारको खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनु पर्नेछ।

Laxmi sunrise bank
kumari

तर, त्यो खेलमा विजेता हुने टिमले पनि सिधै फाइनल खेल्न भने पाउने छैन। उसले बिहीबार हुने इलिमिनेटरको दोस्रो खेल खेल्नुपर्ने हुन्छ। 

इलिमिनेटरको दोस्रो खेलमा बुधबारको खेलको विजेताले धनगढी–काठमाडौं टिमबीच भएको खेलको पराजित टिसँग खेल्नुपर्ने छ।

इलिमिनेटरको दोस्रो खेलमा विजेता भएको टिमले चाहिँ फाइनलमा प्रतिस्पर्धा गर्न पाउने नियम छ। फाइनल खेल जेठ १ गते हुनेछ। प्रतियोगतामा विराटनगर सिटी फुटबल क्लब, चितवन फुटबल क्लब र पोखरा थन्डर्स लिग चरणबाटै बाहिरिएका छन्।

प्रकाशित: May 08, 2021| 14:09 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।