बिहीबार, असार २५, २०८३

यी हुन् सुपर लिगको प्ले अफमा पुग्ने ४ टिम

जारी नेपाल सुपर लिगमा धनगढी फुटबल क्लब, बुटबल लुम्बिनी क्लब, काठमाडौं रेजर्स र लतिलतपुर सिटी प्ले अफमा उक्लिएका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- जारी नेपाल सुपर लिगमा धनगढी फुटबल क्लब, बुटबल लुम्बिनी क्लब, काठमाडौं रेजर्स र लतिलतपुर सिटी प्ले अफमा उक्लिएका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा जित निकालेसँगै बुटबल–लुम्बिनी क्लब पनि शीर्ष चारमा उक्लिएपछि प्ले अफ खेल्ने टिमको टुंगो लागेको हो। 

बुटबल लुम्बिनीले पहिल्यै प्ले अफमा पुगिसकेको धनगढीविरुद्ध १–० गोलको जित निकाल्दै  प्ले अफमा पुग्यो। बुटबलका लागि सुमन लामाले दोस्रो हाफमा गोल गरेका थिए।

त्यसअघिको पहिलो हाफमा दुवै टिमले केही राम्रा मुभहरु बनाए पनि गोल गर्न भने असमर्थ रहे। 

यो जितसँगै बुटबल लुम्बिनीले ८ अंक बनाएको छ। समान ८ अंक भएको पोखरा थन्डर्सलाई हेड टू हेडको आधारमा पछि पार्दै बुटबल शीर्ष चारमा पुगेको हो। 

आजको खेलमा बुटवल लुम्बिनीले १३ बल प्रहार गर्दै सात पटक पोस्टको दिशा ताकेको थियो। धनगढीले भने दुई प्रहार मात्र पोस्टको दिशामा प्रहार गर्न सक्यो।

प्रकाशित: May 08, 2021| 13:47 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।