बिहीबार, असार २५, २०८३

प्रिमियर लिगमा लिड्ससँग टोटेनहम पराजित 

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम हट्सपर लिड्स युनाइटेडसँग पराजित भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम हट्सपर लिड्स युनाइटेडसँग पराजित भएको छ।

लिड्सको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम टोटेनहमलाई ३–१ गोलअन्तरले हराएको हो।
लिड्सका लागि स्टुअर्ट डल्लाज, प्याट्रिक बमफर्ड र रोड्रिगोले गोल गरेका थिए। टोटेनहमका कोयिन फरवार्ड सन ह्युङ मिनले एक गोल फर्काए।

घरेलु टिमका डल्लाजले खेलको १३ औं मिनेटमा गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए। तर सनले २५ औं मिनेटमा गोल फर्काएपछि खेल बरारी भएको थियो। तर पहिलो हाफमै लिड्सले पुनः अग्रता बनायो। बमफर्डले खेलको ४२ औं मिनेटमा गोल गरेर २–१ को अग्रता बनाए। 

खेलको दोस्रो हाफमा पनि टोटेनहमले पुनरागमन गर्न सकेन। बरु रोड्रिगोले ८४ औं मिनेटमा गोल गरेर र अग्रतालाई ३–१ मा पुर्‍याए। यो हारसँगै टोटेनहम ५६ अंकका साथ छैटौं स्थानमा कायम छ। अब लिगमा उसको तीन खेलमात्र बाँकी छ। आजको खेलको विजेता लिड्सले ५० अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ।

प्रकाशित: May 08, 2021| 13:35 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।