बिहीबार, माघ ८, २०८२

सुपर लिग : ललितपुर प्ले अफमा, बाहिरियो विराटनगर

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा विराटनगर सिटीले ललितपुर सिटीसँग ४–० गोलको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा विराटनगर सिटीले ललितपुर सिटीसँग ४-० गोलको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार गोलको अग्रतासँगै जित निकालको ललितपुरले भने प्ले अफमा स्थान बनाएको छ। ललितपुर सुरुवाती चार चरणमा राम्रो प्रदर्शन गर्न नसके पनि पछिल्लो दुई खेलमा जित निकाल्दै प्रतियोगिताको प्ले अफमा पुगेको हो।

ललितपुरका कप्तान अन्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा कमल श्रेष्ठको फ्रिक किक प्रहार किशोर गिरीले बचाउ गरे। त्यसपछि ललितपुरले कर्नर पायो। कर्नरबाट आएको बललाई नुर्लानले पोस्टभित्र छिराउन चुकेपछि रिबाउन्ड भएको बललाई मार्की खेलाडी बिष्टले गोलमा परिणत गरेका थिए।

अन्जनले गरेको गोलले ड्रप हुँदै नेट चुमेको थियो। निरन्तर आक्रमण बुनिरहेको विराटनगरले केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा पूर्वेली टिम एक गोलले पछि रह्यो। पहिलो हाफसम्म ललितपुरले प्ले अफका जाने अवसर कायम राखेको थियो भने त्यही अवसर विराटनगरले भने गुमाएको अवस्था थियो।

दोस्रो हाफको सुरुमा विराटनगरले दबाब बनाए पनि उसको डिफेन्स लाइन कमजोर भएको समयको सदुपयोग गर्दै बिमल रानाले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

Laxmi sunrise bank
kumari

त्यसपछि रेफ्रीका निर्णयहरुको विरोध गर्दै विराटनगरका प्रशिक्षक यान लले खेलाडीलाई मैदानबाहिर कल गरेका थिए। त्यसपछि विराटनगरले खेल छोडेको थियो। त्यसक्रममा अफिसियलसँग करिब सात मिनेटको टचलाइन वार्तालापपछि विराटनगर ७० औं मिनेटमा खेलमा प्रवेश गरेको थियो।

खेलका क्रममा घाइते भएका रन्जित धिमाललाई प्रतिस्थापन गर्दै बिक्रम धिमाल मैदान छिरेका थिए भने आर्मब्यान्ड पेड्रो मान्जीले लगाएका थिए। तर मैदान फर्किएको विराटनगरले राम्रो प्रदर्शन गर्न सकेन।

विराटनगरविरुद्ध ललितपुरका कप्तान विष्टले ८१ औं मिनेटमा गोल गरेपछि ललितपुले तीन गोलको अग्रता बनायो। र, थप तीन अंक जोड्दै प्ले अफमा स्थान सुरक्षित गर्न पुग्यो।

विराटनगर भने प्रतियोगिताबाट बाहिरियो। त्यति मात्र नभएर उसका डिफेन्डर विजय धिमालले ललितपुरका खेलाडीमाथि अनावश्यक ट्याकल गर्दा दोस्रो पहेलो कार्डका साथ रेड कार्ड पाउँदै ८५ औं मिनेटमा मैदानबाट बाहिर गएका थिए।
१० खेलाडीमा सिमित विराटनगरविरुद्ध ललितपुरका नुर्लानले गोलकिपर किशोर गिरीसँग वान एन्ड वानको च्यालेन्जमा गोल गर्दै ललितपुरलाई चार अंकको अग्रता दिलाए।

खेल अवधिभर विराटनरले १८ प्रहार गर्यो भने ललितपुरले १४ प्रहार गरेको थियो। त्यस्तै विराटनगरले १५ फल गर्यो भने ललितपुरले १८ फल गरेको थियो।

प्रकाशित: May 08, 2021| 11:09 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।