बिहीबार, माघ ८, २०८२

पोखराको संघर्षपूर्ण जित, प्ले अफको सम्भावना जिवितै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले संघर्षपूर्ण जित निकालेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले संघर्षपूर्ण जित निकालेको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सम्पन्न खेलमा चितवनलाई २–१ गोलले हराउँदै  पोखराले जित निकालेको हो। यो जितसँगै उसले प्ले अफमा जाने सम्भावना कायम राखेको छ।

आजको खेलमा हार बेहोरेपछि चितवनले चाहिँ लिग चरणबाटै आफ्नो यात्रा अन्त्य गरेको छ। तलिकाको पुछारमा रहेको चितवनको दुई अंक मात्र छ। उसको लिगमा एक खेल बाँकी छ। त्यो खेलमा जित निकाले पनि उसलाई प्ले अफमा पुग्ने अवसर प्राप्त हुने छैन।

अन्तिम खेलको पहिलो हाफमा केही फितलो प्रदर्शन गरेको पोखराले चितवनविरुद्ध बल पोसेसन बनाएर खेले पनि गोल भने गर्न सकेन। चितवनले पनि गोलका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

तर दोस्रो हाफमा खेल केही आक्रामक बन्यो। अवसरको खोजी गरिरहेको चितवनका शिशिर लेखीले खेलको ७१ औं मिनेटमा गोल गरेपछि भने चितवनले अग्रता बनाएको थियो।

Laxmi sunrise bank
kumari

अग्रताको अवस्थामा चितवनका गोलकिपर विशाल सुनारले डिबक्सबाहिर आएर बल समाएपछि उनले रेड कार्ड पाए। रेड कार्ड खाएर बाहिरिएसँगै पहिलो रोजाईमा नपरेका गोलकिपर विवश चौधरी मैदान छिरेका थिए।
गोलकिपर चौधरीलाई मैदानमा छिराउनका लागि चितवनले विदेशी खेलाडी एलसान साबानलाई मैदानबाहिर पठाएको थियो।

त्यसपछि खेलको ८६ औं मिनेटमा फ्रि किकमार्फत् नगयुग श्रेष्ठले गोल गरेपछि दुवैतर्फका खेलाडीले आक्रामक खेल प्रस्तुत गरेका थिए। श्रेष्ठको गोलसँगै खेल बराबरीमा आएको थियो।

आजको खेल बराबरीमा टुंगिएको अवस्थामा दुवै टिमले प्ले अफको सम्भावना गुमाउने थिए। त्यसैले थप आक्रामक बनेको पोखराले गरेका थप दुई प्रहार भने चौधरीले सहजै पन्छाएका थिए।

खेलको ८७ औं मिनेटमा राजेश परियारको संघर्षपूर्ण सट पनि बारमा लागेर बाहिरएको थियो। बराबरीमा टुंगिनै लागेको खेललाई डिफेन्डर राफेल रिम्गागोले पोखराको पोल्टामा परिदिए। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै पोखरालाई २–१ गोलको अग्रता दिलाए। यो अग्रतासँगै पोखराले खेल जित्यो।

खेल अवधिभर पोखराले १७ पटक प्रहार गर्दा १० गोल पोस्टको दिशामा थियो। तर फ्री किकबाहेकका सबै प्रहारमा गोल बन्न सकेन। यता चितवतले पनि १२ प्रहार गर्यो जहाँ चारबाहेक सबै प्रहार पोस्टबाहिर गएका थिए।

अब अन्तिम चरणको खेलमा बुटबल–लुम्बिनीले हार बेहोरेमा पोखराले प्ले अफमा खेल्न पाउनेछ।

प्रकाशित: May 07, 2021| 14:12 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।