शुक्रबार, असार २६, २०८३

नेपाली महिला टिमले टी–२० विश्वकप छनोट खेल्ने 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसी महिला विश्वकप २०२३ को छनोटका खेल आगामी नोभेम्बरमा गराउने भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसी महिला विश्वकप २०२३ को छनोटका खेल आगामी नोभेम्बरमा गराउने भएको छ।

उसले विश्वकप छनोटका खेल तालिका सार्वजनिक गर्दै मलेसियामा नेपालसहित आठ टिम सम्मिलित प्रतियोगिता गराउने भएको हो। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, यूएई र म्यानमार रहनेछन्। 

२०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि नेपालले छनोट हुनका लागि मलेसियालमा हुने छनोट प्रतियोगितामा विजेता बन्नुपर्ने छ। मलेसियामा हुने छनोट विजेताले पाँच क्षेत्रबीच हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछ। सो खेलबाट छानिएका दुई टोलीले विश्वकप खेल्ने अवसर पाउनेछ। नेपाली महिला टिमले गएको १३ औं दक्षिण एसियाली खेलकुदपछि अन्तराष्ट्रिय क्रिकेट खेल्न पाएको छैन। 

पछिल्लो समयमा नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता पनि कोभिड १९ को महामारीका कारण स्थगित भएको छ। यसबीच राष्ट्रिय महिला टिम हेर्ने प्रशिक्षक पनि नियुक्त भएका थिएनन्।

तर अहिले प्रशिक्षक जगत टमाटा नियुक्त भएका छन्। सम्भवतः नेपालले उनकै नेतृत्वमा प्रतियोगिता खेल्नेछ। आईसीसीले यसअघि आउँदो सेम्टेम्बरको चौथो हप्ता गर्ने भनेको प्रतियोगिता महामारीका प्रभावका कारण नोभेम्बरमा सारेको हो।

प्रकाशित: May 07, 2021| 11:48 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।