सोमबार, जेठ ४, २०८३

रसियन खोप स्पुतनिक भीलाई आयात अनुमति

औषधि व्यवस्था विभागले कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडाैं - औषधि व्यवस्था विभागले कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ। विभागले बिहीबार लोमस फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिएको हो।

National life

बुधबार मात्रै विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टब्युटर्सलाई र भारत वायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो ।

बिहीबार अनुमति पाएको लोमसले दुई डोज खोप तीन हजार ४८५ रूपैयाँमा उपलब्ध गराउने बताएको छ।

यसअघि बुधबार अनुमति पाएका कम्पनीहरूले दुई डोज खोपका लागि तीन हजार ४१८ रूपैयाँ र पाँच हजार २०० रूपैयाँमा उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए। 

रुसी सरकारी संस्था ग्यामेलिया नेसनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ। यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने बताइएको छ। भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने बताइएको छ।

प्रकाशित: May 07, 2021| 06:42 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्