काठमाडौं– काठमाडौं उपत्यकामा फेरि निषेध आदेश थप भएको छ। पछिल्लो समय निषेध आदेश खुकुलो बनाइँदै लगिए पनि कोरोना संक्रमणमा कमी नआएका कारण स्थानीय प्रशासनले निषेध आदेशलाई निरन्तरता दिँदै आएको छ।
मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गतेसम्म निषेध आदेश लम्ब्याउने निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेध आदेश लागू भएको हो।