बिहीबार, माघ ८, २०८२

एनएसएलमा अन्तिम चरणका खेल : पोखरालाई एउटा अवसर

आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसल) अन्तर्गत आज एक खेल हुँदैछ। आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।

National life

त्यसैले पोखरालाई प्ले अफमा पुग्ने सम्भावना कायम राख्नका लागि एउटा अवसर छ। आजको खेलमा पोखराले जित निकाल्न सके उसलाई प्ले अफमा पुग्ने अवसर हुनेछ।

तालिकामा पोखरा पाँच अंकका साथ छैटौं स्थानमा छ। यदि आजको खेलमा उसले जित निकाल्न सके ऊ तेस्रो स्थानमा पुग्ने छ। यद्यपि उसको प्ले अफको यात्रा भने अन्य टिमको प्रदर्शनमा भर पर्ने देखिन्छ।

एक खेल हातमा रहेका विराटनगर र ललितपुरको क्रमशः ७ र ६ अंक छ। र, अघिल्लो खेलमा उनी भिड्दैछन्। त्यो खेल बराबरी भएमा उसले तेस्रो स्थानसम्मको यात्रा गर्नेछ। कुनै एकले जित निकालेको अवस्थामा र अर्को खेलमा बुटबलले धनगढीसँग हार बेहोरेमा पोखराको प्ले अफमा जाने सम्भावना कायम रहने छ।

यसरी पोखरा शीर्ष चारमा रहन सक्ने छ। उसो त अंकका हिसाबले तालिकाको पुछारमा रहेको चितवनको पनि प्ले अफमा खेल्ने सम्भावना कायमै देखिन्छ। चितवनको अब दुई खेल बाँकी छ।

Laxmi sunrise bank
kumari

यदि उसले दुवै खेलमा जित निकाल्न सके अहिलेको दुई अंकसहित उसको आठ अंक हुनेछ। त्यसैले पोखरा थन्डर्स प्ले अफमा पुग्ने समीकरण जस्तै बनेको अवस्थामा चितवनलाई फाइदा हुनेछ। तर, चोटले सताइएको र उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको चितवनलाई लगातार जित निकाल्न भने सहज छैन।

त्यसका अतिरिक्त चितवनले अन्तिम खेलमा काठमाडौं रेजर्सको सामना गर्नुपर्ने छ। शीर्ष अथवा त्यो नभए पनि दोस्रो स्थानमा पर्नका लागि मिहिनेत गरिरहेको काठमाडौंविरुद्ध जित निकाल्नु भनेको चितवनका लागि निकै कठिन देखिन्छ।

पोखरा र चितवनको खेल बराबरी भएको अवस्थामा दुवै टिम प्ले अफमा पुग्न सक्ने छैनन्। र, लिग चरणबाटै बाहिरिने छन्। आजको खेल हार बेहोर्ने टिमले समूह चरणबाटै घर फर्कने छ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ।

प्रकाशित: May 07, 2021| 06:30 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।