सोमबार, चैत ९, २०८२

यस्ता गल्तीले रोग प्रतिरोधात्मक क्षमता घटिरहेको त छैन?

वर्तमान समयमा रोग प्रतिरोधात्मक क्षमता निकै आवश्यक छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिस सहजै रुपमा कोरोना संक्रमणबाट जोगिन सक्छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - वर्तमान समयमा रोग प्रतिरोधात्मक क्षमता निकै आवश्यक छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिस सहजै रुपमा कोरोना संक्रमणबाट जोगिन सक्छन्।

National life

हाम्रो रोग प्रतिरोधात्मक क्षमता हामीले कस्तो खानपान गरिरहेका छौं भन्ने कुरामा निर्भर गर्छ। त्यसैले हामीले कुन कुराको सेवन गर्दा इम्युनिटी पावर बढ्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर खाने कुरा अहिलेको समयमा खानु उपयुक्त छैन। अत्याधिक मिठा खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ। त्यसैले प्राकृतिक मिठास युक्त खानेकुरा मात्रै खानुपर्छ। जस्तो फलफूल खाँदा इम्युनिटी घट्दैन।

आइस्क्रिम, ब्रेड, इनर्जी ड्रिकं, सोडा आदिले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तै मधुमेहका बिरामीले त भूलेर पनि यी कुराको सेवन गर्नु हुँदैन। किनकि उनीहरूको शरीरमा त यी कुराको सेवनले झनै नकरात्मक प्रभाव पर्छ।

यस्तै चिया कफीको सेवन पनि कम गर्नुपर्छ। चिया कफीको सेवन स्वाथ्यका लागि राम्रो होइन। चिया कफिमा क्याफिनको मात्रा धेरै हुन्छ। यसको सेवनले शरीरमा निर्जलीकरण एवं सुजनको समस्या हुन्छ। क्याफिनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ।

Laxmi sunrise bank
kumari

त्यसैले यसको सेवन बन्द गर्नुपर्छ। चिया कफीको साटो ग्रीन टी वा काजती राखेको चिया पिउँदा स्वास्थ्यमा फाइँदा पुग्छ। यस्तो चियाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

मैदाबाट बनेका चिजको सेवन पनि गर्नु हुँदैन। यस्ता चिजलाई पचाउन शरीरलाई धेरै शक्ति चाहिन्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमतामा शरीरको उर्जा केन्द्रित हुन पाउँदैन। त्यसैले मैदाबाट बचेका चिजको सेवन गर्नु हुँदैन।

गर्मी मौसममा प्राय यीनको सेवनले निन्द्रा लाग्नेगर्छ। जसले पाचनतन्त्रमा थप समय लाग्छ। यस्तो बेला रोग प्रतिरोधात्मक क्षमतामा निकै प्रभाव पर्छ। जसले गर्दा शरीर रोगसँग लड्न असक्षम हुन्छ।

अत्याधिक नुनिला खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुन्छ। अत्याधिक नुनको सेवनले शरीरमा रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ। त्यसैले कम मात्रामा नुन खानुपर्छ। खानामा नुन कम भयो भने माथिबाट थपेर त खानु नै हुँदैन। यो भनेको रोगलाई निम्त्याउनु हो। त्यसैले सधै खानपिनमा ध्यान दिनुपर्छ।

प्रकाशित: May 07, 2021| 04:09 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्