बिहीबार, असार २५, २०८३

युरोपा लिगको फाइनलमा युनाइटेडसँग भिल्लारियल भिड्ने

 युरोपा लिगअन्तर्गत आगामी मे २७ मा हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेडसँग उपाधिका लागि भिल्लारियलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - युरोपा लिगअन्तर्गत आगामी मे २७ मा हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेडसँग उपाधिका लागि भिल्लारियलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। लिगको बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्सनललाई पछि पार्दै भिल्ला फाइनलमा पुगेको हो। 

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा उसले गोलरहित बराबरी गरे पनि समग्रमा गोलअन्तरका अघि रहँदै भिल्लाले फाइनलमा स्थान पक्का गर्‍याे।

सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा भिल्लाले आर्सनललाई २–१ गोलअन्तरले हराएको थियो। त्यसैले गएरातिको खेलमा बरबरी भए पनि समग्रमा सोही गोलअन्तरमा अघि रहँदै भिल्ला फाइनलमा पुगेको हो।

बिहीबार रातिको खेलमा आर्सनलले बल पोसेसन राख्दै १४ सुट प्रहार गरे पनि गोल गर्नबाट असमर्थ रह्यो। त्यसैले दोस्रो खेलमा दबाबमा रहे पनि भिल्ला फाइनलमा पुग्यो।

प्रकाशित: May 07, 2021| 02:22 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।