बिहीबार, असार २५, २०८३

रोमालाई हराउँदै युनाइटेड युरोपा लिगको फाइनलमा

युरोपा लिगअन्तर्गतकाे खेलमा रोमालाई हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - युरोपा लिगअन्तर्गतकाे खेलमा रोमालाई हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको छ।

रोमाको घरेलु मैदानमा बिहीबार भएको खेलमा राेमाले ३–२ गोलको जित निकाले पनि समग्रमा गोलअन्तरका आधारमा अघि रहँदै युनाइटेड फाइनलमा पुगेको हो।

सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा युनाइटेडले रोमालाई ६–२ गोलअन्तरले हराएको थियो। त्यसैले गएरातिको खेलमा पराजित भए पनि समग्रमा ८-५ गोलले अघि रहँदै युनाइटेड फाइनलमा पुगेको हो।

बिहीबार रातिको खेलमा युनाइटेडका लागि एडिसन काभानीले दुई गोल गरे यता रोमाको तर्फबाट एडिन जोको, ब्रयन क्रिस्ट्यानले गोल गरे। त्यस्तै, युनाइटेडका एलेक्स टेलेसले आत्मघाती गोल गर्दै रोमालाई गोल उपहार दिए।

त्यस्तै, अघिल्लो हप्ता सम्पन्न पहिलो लेगको खेलमा ब्रुनो फार्नान्डेस र काभानीले समान २-२ गोल गरेका थिए भने पाउल पोग्बा र मेसन ग्रिनवुडले समान १-१ गोल गरेका थिए। त्यस्तै लोरेन्जो पलेग्री र जोकोले पनि गोल गरेका थिए।

प्रकाशित: May 07, 2021| 02:01 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।