बिहीबार, माघ ८, २०८२

युरोपा लिगको फाइनल पुग्ने दाउमा इङ्लिस क्लब

आज राति युरोपा लिगको दुवै सेमिफाइनल खेल हुँदैछन्। र, दुई प्रिमियर क्लब नै युरोपा लिगको फाइनल पुग्ने दाउमा छन्। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- युरोपको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा दुवै इङ्लिस प्रिमियर क्लब पुगेका छन्। गएको मंगलबार र बुधबार राति भएको खेलबाट क्रमशः म्यानचेस्टर सिटी र चेल्सी च्याम्पियसनस लिगको फाइनलमा पुगिको थिए। 

National life

सेमिफाइनल खेलमा सिटीले फ्रेन्च क्लब पीएसजीलाई हराएको थियो भने चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको थियो। 

यता आज राति युरोपा लिगको दुवै सेमिफाइनल खेल हुँदैछन्। र, दुई प्रिमियर क्लब नै युरोपा लिगको फाइनल पुग्ने दाउमा छन्। आजको एक खेलमा प्रिमिय क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब रोमाको समाना गर्दैछ। उ रोमालाई पछि पार्दै पाइनलमा स्थान बनाउन चहान्छ। 

युनाइटेडले पहिलो लेगको खेलमै रोमालाई ६–२ गोलले हराएर फाइनल पुग्ने दाबेदारी प्रस्तुत गरिसकेको छ। 
अर्को सेमिफाइनलमा भने आज राति नै आर्सनलले स्पेनिस क्लब भिल्लारियलको सामन गर्नेछ। तर आर्सनलले पहिलो लेगको खेलमा २–१ गोलको हार बेहोरिसकेको छ। त्यसैले जारी सिजनमा खराब प्रदर्शन गरिरहेको आर्सनललाई पुनरागमन जित निकाल्न भने केही गाह्रो देखिन्छ। 

यदि आजको खेलमा पनि दुवै प्रिमियर क्लब फाइनलमा पुगे यो युरोपियन शीर्ष प्रतिस्पर्धामा अर्को महत्वपूर्ण सावित हुनेछ।
यसअघि २०१९ मा पनि दुवै लिगको फाइनलमा इङ्लिस क्लब मात्र फाइनलमा पुगेका थिए। त्यो सिजनको च्याम्पियन्स लिग फाइनलमा टोटेनहम हट्सपर र लिभरपुल पुगेका थिए भने युरोपा लिगको फाइनलमा आर्सनल र चेल्सी पुगेका थिए। र, लिभरपुल र चेल्सीले उपाधि जितेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2021| 14:40 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।