बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मे दोस्रो साताबाट भारतमा दैनिक ९ लाख संक्रमित भेटिन सक्छन् : डा. मुखर्जी 

मे दोस्रो साताबाट भारतमा दैनिक ९ लाख संक्रमित भेटिन सक्छन् : डा. मुखर्जी 

भारतमा एक महिनापछि दैनिक ८–९ लाख कोरोना संक्रमित भेटिने दाबी गरिएको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

एजेन्सी- भारतमा एक महिनापछि दैनिक ८–९ लाख कोरोना संक्रमित भेटिने दाबी गरिएको छ। 

National life

अमेरिकाको मिसिगन विश्वविद्यालयकी महामारी विशेषज्ञ डा. भ्रमर मुखर्जीले भारतमा मे दोस्रो साताबाट दैनिक ८–९ लाख कोरोना संक्रमित फेला पर्ने प्रक्षेपण गरेकी हुन्। 

भ्रमर महामारी विशेषज्ञ हुनुका साथै अनुसन्धाता पनि हुन्। उनले निकालेको गणितीय फर्मुलाअनुसार भारतमा एक महिनापछि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिने दाबी गरिएको हो।

भाारतले समयमै सही कदम नउठाए मे दोस्रो सातादेखि भारतमा संक्रमणले भयावह रुप लिने भ्रमरले बताएकी छन्। 
भ्रमर अघिल्लो वर्षको मार्चदेखि भारतमा कोरोना भाइरसको संक्रमणबारे अध्ययन अनुसन्धान गरिरहेकी छन्। उनले आफ्नो गणितीय मोडलबाट भारतमा कोरोनाको दोस्रो लहर घातकसिद्ध हुने योभन्दा पहिले नै बताइसकेकी थिइन्।

‘कोरोना भाइरसको दोस्रो चरम रुप मे दोस्रो साताबाट देखिन सुरु गर्नेछ, त्यसबेला दैनिक ८–९ लाख केस फेला पर्ने छन् भने साढे चार हजार बढीले ज्यान गुमाउने छन्’ उनले भनेकी छन्। 

Laxmi sunrise bank
kumari

बीबीसीका संबाददाता जुबैर अहमदले डा. मुखर्जीसँग गरेको कुराकानी

भविष्यमा आउने महामारीसँग जुध्न भारत कत्तिको तयार छ?

एक वैज्ञानिक तथा अनुसन्धाता सरकार तथा नीति निर्माताले अनुसन्धानबाट बाहिर आएका तथ्यहरुलाई गम्भीरताका साथ लिओस् र त्यसबाट बच्नका लागि पूर्व तयारी गरोस् भनेर पूर्वानुमानहरु सार्वजनिक गर्छ। अध्ययन अनुसन्धान बाहिरिएपछि महामारी रोकथाम तथा नियन्त्रणका उपायहरुको पूर्ण पालना गरिनु पर्छ। जस्तै मास्क लगाउनु, सामाजिक दूरी कायम गर्नु, भिडभाड नगर्नु, लकडाउननको पूर्ण पालना गर्नु पर्छ।

भ्रमर मुखर्जी

मलाई लाग्छ मेरो प्रक्षेपण सही नहोस् यही कामना छ। हामीले यस्तै लापरबाही गरिरहने हो भने हाम्रो अनुमान सही हुन्छ र यसले कसैलाई बाँकी राख्दैन। अहिलेकै महामारीलाई पनि हेर्ने हो भने बाहिर आएको संख्या भन्दा धेरै संक्रमित र मृतक छन्। उनीहरु तथ्यांकमा समावेश हुन सकेका छैनन्, यसलाई हेर्दा संक्रमणले उग्र रुप लिइसेकेको थाहा हुन्छ। भारतमा जतिलाई अहिले भाइरसको लक्षण छ, जो बिरामी छन् त्यो संख्याले सबैलाई अचम्म पार्ने गरी फैलिने छ। 

तपाइँको कार्य प्रणालीप्रति धेरैले प्रश्न गर्छन नि ? 

मलाई लाग्छ, केही मान्छे कहिल्यै खुसी रहँदैनन् उनीहरु विज्ञान र वैज्ञानिक विधि पद्धतिलाई विश्वास नै गर्छन्। हामी पछिल्ला ३८० दिनदेखि यही महामारीसँग जुधिरहेका छौँ। हामीले महामारीसँगा कहिल्यै हार मानेका छैनौँ। भरतमा कोरोनाको दोस्रो तेस्रो लहर आउने हामीलाई पहिल्यै थाहा थियो र भनेका पनि थियौँ। मलाई लाग्छ, स्वास्थ्यसम्बन्धी तथ्यांक र अनुसन्धानबाट पत्ता लागेका वैज्ञानिक तथ्यलाई बाहिर ल्याउनु पर्छ, जसको कारण सर्वसाधारणले महामारीबारे ज्ञान लिन सकून्।

के भारत एक अर्को महामारीसँग जुध्न सक्षम छ ? 

भारत एक अर्को महामारीसँग लड्नका लागि तयार छैन। अब आउने महामारीबाट बच्न सकिने उपायबारे मैले एक लेख खेलेको छु महामारीबाट बच्नका लागि त्यसैलाई आधार बनाई अघि बढ्दा हुन्छ यसको माध्यमबाट हामी महामारी महामारीको चेन ब्रेक गर्न सक्छौं। तर जबसम्म हामी यसबारे गम्भीर बन्दैनौँ तबसम्म ढिला भइसकेको हुन्छ। भारतमा स्वास्थ्य सेवा निकै कमजोर छ यसलाई व्यवस्थित र व्यापक बनाउन जरुरी छ। तथ्यांक र स्वास्थ्य मोडलहरुको प्रयोगलाई बढाउनुपर्छ। यससले संक्रमणदर पत्ता लगाउन सहयोग गर्छ। महामारी सम्बन्धी तथ्यांक विज्ञानको क्षेत्रमा काम गर्नेहरुले राख्नुपर्छ र वैज्ञानिक भविष्यवाणीलाई आधार बनाउनु पर्छ। 

तपाईलाई के लाग्छ भारत तथ्यांक र मोडलहरुमा पछाडि छ ? 

हो, भरतले अबलम्बन गरेको स्वास्थ्य विज्ञानको ढाँचा सनातनी एवम् खराब छ। तथ्यांक हासिल गर्नु कठिन काम हो। पहिलो र दोस्रो लहरमा कमजोर सर्वसाधारणको उमेर र लिंगका आधारमा वर्गीकृत तथ्यांक उपलब्ध नै छैन। 

सरकारीे तथ्यांकलाई लिएर तपाई आफ्नो तथ्यांकले कसरी भविष्यवाणी गर्नसक्नुहुन्छ ?

भारत मोडल परियोजनाले सबैभन्दा बढी खराब तथ्यांकसँग कसरी राम्रो तरिकाले काम गर्नुहुन्छ भन्ने कुरा सिकाउँछ। हामीले तथ्यांकमा समावेश नभएका संख्याको आधारमा अध्ययन अनुसन्धान गरेका होइनौँ। तथ्यांकमा समावेश नभएकाहरुको जमात अज्ञात र निकै ठूलो छ। कोरोना भाइरसको परीक्षण स्तर, संक्रमितको रिपोर्ट प्यार्टन र मृतकको प्यार्टन हेरेर हामीले गहिरो अध्ययन अनुसन्धानका साथ भविष्यवाणी गरेका हौँ। अहिलेसम्म हामीले महामारीको सानो हिस्सालाई मात्रै देखेका छौँ, महामारीको विध्वंस रुप कति खतरानाक हुन्छ यसको सहजै अनुमान लगाउन सकिन्छ। 
बिबिसी हिन्दीबाट अनुवादित

प्रकाशित: May 06, 2021| 14:10 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।