बिहीबार, माघ ८, २०८२

सुपर लिग : एक मिनेटमा दुई गोल फर्काएको काठमाडौंको नाटकीय जित

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा २–० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै काठमाडौं रेजर्सले ५–४ गोलअन्तरको जित निकालको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा २–० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै काठमाडौं रेजर्सले ५–४ गोलअन्तरको जित निकालको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पाँचौ चरणको खेलमा विराटनगर सिटी फुटबल क्लबलाई हराउँदै काठमाडौं प्ले अफमासमेत पुगेको हो। यो प्रतियोगिताकै सबैभन्दा धेरै गोल भएको खेल हो। यसअघिको खेलमा विराटनगर र बुटवलबीचको खेलमा चार गोल भएको थियो भने आजको खेलमा ९ गोल भएको छ।

साथै आजको खेलमा लिगकै पहिलो ह्याट्रिक पनि प्रहार भएको छ। काठमाडौंका मेसुके ओलुमोउनले ह्याट्रिक गरेका छन्। उनले खेलको ३४ औं मिनट, ३५ औं मिनेट र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

खेलको छैटौं मिनेटमै एडिलेजा सोमिडेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए। विराटनगरका मार्की एवम् डिफेन्डर रन्जित धिमालको क्रसलाई उनले गोलमा बदले।

त्यस्तै, खेलको ३३ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो। यसपटक अर्को विदेशी खेलाडी पेड्रो मान्जीले गोल गरे। उनले वान टू वानको अवस्थामा प्रहार गरेको बल काठमाडौंका किपर विकेश कुथूबाट रिबाउन्ड भएपछि पुनः प्रहार गर्दै गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

उनको दोस्रो प्रहार काठमाडौंका डिफेन्डरले बचाउन सकेनन्। यो गोसँगै काठमाडौंको बेञ्चका खेलाडीले रेडकार्ड समेत पाएका थिए।

त्यसपछि आक्रामक देखिएको काठमाडौंले एक मिनेटभित्रै दुई गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। मेसुके ओलुमोउले खेलको ३४ औं मिनेटमा र ३५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको ४१ औं मिनेटमा स्टेफेन विनोङले काठमाडौंका लागि तेस्रो गोल गरेका थिए। यससँगै पहिलो हाफमा विराटनगरले २–० गोलको अग्रता जोगाउन नसकेपछि ऊ ३–२ गोलले पछि परेको थियो।

दोस्रो हाफको ६७ औं मिनेटमा गोल गर्दै काठमाडौंले ४–२ गोलको अग्रता बनाएको थियो। तर त्यो गोलअन्तरलाई विराटनगरका कप्तान धिमालले ७९ औं मिनेटमा ४–३ अन्तरमा घटाए।

उनले डि बक्स बाहिरबाट गोल गरेका थिए। त्यसको केही मिनेटमै काठमाडौं पुनः गोल गर्न सफल भयो। युवा खेलाडी छिरिङ गुरुङले ड्राइभ गरिरहेको बललाई स्टेफेनको सहायता लिँदै उनले पोस्ट नजिकैबाट गोल गरेका थिए। 

यससँगै काठमाडौंले ५–३ गोलको सानदार जित निकाल्ने क्रममा थियो। तर, विराटनगरका मान्जीले खेलको इन्ज्युरी समयमा गोल गरेपछि अन्तिम नतिजा ५–४ भएको थियो। तर विराटनगरले खेललाई बराबरी बनाउने भने सकेन।

विराटनगरविरुद्ध यो जितसँगै काठमाडौं १० अंक जोडेर शीर्षस्थानमा पुगेको छ। विराटनगर भने ७ अंकका साथ तेस्रो स्थानमा झरेको छ। ऊ चौथो राउन्ड सकिँदा शीर्षस्थानमा रहेको थियो।

खेल अवधिभरि काठमाडौं रेजर्सले १४ प्रहार गरेको थियो भने विराटनगरले १६ प्रहार गरेको थियो। जहाँ काठमाडौंका ८ प्रहार पोस्टको दिशामा थिए। विराटनगरले ११ प्रहार पोस्टको दिशामा गरे पनि चार गोल मात्र गोललाइनबाट भित्र छिरे। खेलमा दुवैतर्फका अफिसियलले समेत रेडकार्ड पाए।

प्रकाशित: May 06, 2021| 13:50 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।