काठमाडौं- जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो ह्याट्रिक प्रहार भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलका काठमाडौंका मेसुके ओलुमोउनले ह्याट्रिक गरेका छन्।
उनले खेलको ३४ औं मिनट, ३५ औं मिनेट र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। उनको तीन गोलबाहेक काठमाडौंका स्टेफेन विनोङले पनि गोल गरेका थिए।
यता विराटनगरका लागि एडिलेजो सोमिडे र पेड्रो मान्जीले गोल गरेका थिए।