सोमबार, वैशाख ८, २०८२

खोपपछि दाना उद्योगको ठगीमा मुछिए व्यवसायी सुरज वैद्य

कोरोना कहर र निषेध आदेशले पिल्सिएका किसानलाई व्यवसायी वैद्यको स्वामित्वमा रहेको नेपाल वेलहोप एग्रिटेक प्रालिले ठगी गरेको भन्दै प्रमाणसहितको उजुरी प्रशासनसमक्ष पुगेको छ।
 |  बिहीबार, वैशाख २३, २०७८
nespernesper

राजेन्द्र आचार्य

राजेन्द्र आचार्य

बिहीबार, वैशाख २३, २०७८

vianetvianet

चितवन– कोरोनाविरुद्धको भ्याक्सिन खरिद प्रकरण विवादमा परेका स्थापित उद्योगी तथा व्यवसायी सुरज वैद्य दाना उद्योगको ठगीमा पनि मुछिएका छन्। कोरोना कहर र निषेध आदेशले पिल्सिएका किसानलाई व्यवसायी वैद्यको स्वामित्वमा रहेको नेपाल वेलहोप एग्रिटेक प्रालिले ठगी गरेको भन्दै प्रमाणसहितको उजुरी प्रशासनसमक्ष पुगेको छ। उक्त उद्योगले कुखुराका लागि ‘विजय प्यालेट’ दाना उत्पादन गर्दै आएको छ।

triton college

चिनियाँ व्यवसायीसँगको साझेदारीमा चितवनको भरतपुरस्थित कल्याणपुरमा खोलिएको वेलहोप दाना उद्योगले कम तौल र गुणस्तरहीन उत्पादन बेचेको भन्दै किसानले स्थानीय जनप्रतिनिधि गुहारेका छन्।  ‘पीडित किसानको उजुरीका आधारमा हामीले स्थानीय प्रशासनको रोहबरमा उद्योगका उत्पादन तौल गर्दा मापदण्डभन्दा कम रहेको फेला पार्‍यौं’, भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेलले नेपाल समयसँग भने, ‘यो सरासर ठगी र शोषण हो भन्ने भएपछि हामीले प्रशासनलाई जानकारी दिएका छौं।’

नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना। दानाकाे बाेरामा उल्लेख गरिएभन्दा ताैल कम रहेकाे पाइएकाे छ।

ठगीको आरोप लागेको कम्पनीलाई कारबाही सिफारिस गर्दै वडाध्यक्ष पौडेलले १६ वैशाखमा जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गराएको पत्रमा ‘कुखुरापालक व्यवसायी मनोजकुमार बोहराले विगत दुई वर्षदेखि दाना खरिद गरिरहेको वेलहोप फिडबाट उत्पादित विजय प्यालेट दाना प्याकेटमा उल्लेख गरिएको तौलभन्दा कम रहेको भन्दै दिएको उजुरीका आधारमा जाँच गर्दा उत्पादनका बोरा कम तौलका रहेको’ उल्लेख छ। 

अध्यक्ष पौडेलले व्यवसायी बोहराले जस्तै अन्य उपभोक्ताले पनि गुनासो गरेपछि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय प्रशासनको रोहबरमा दानाको बोरा नापतौल गरिएको दाबी गरेका छन्। जनप्रतिनिधिको पत्रमा ठगी गर्ने दाना उद्योगमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।

व्यवसायी तथा उद्योगी वैद्य स्वामित्वको वेलहोपले बिक्रीका लागि पठाएको दानाको बोरामा ५० केजी तौल रहेको उल्लेख छ। तर यस्ता दानाको प्याकेटमा ४ देखि ५ केजीसम्म तौल नपुगेको भेटिएको दाबी उपभोक्ता र जनप्रतिनिधिको छ। सामान्यतया एउटा दानाको बोरा ५० देखि ७० किलोग्रामसम्मका हुन्छन्। बिक्रीका लागि प्याकिङ गरेर पठाइने हरेक वस्तुमा बोराको तौलसमेत उल्लेख हुन्छ। 

National life insurance

‘वेलहोपका उत्पादनमा ४ देखि ५ केजी प्रतिबोरा कम तौल भेटिएपछि हामीले सम्बन्धित निकायलाई पत्राचार गरेका हौं’, अध्यक्ष पौडेलले भने, ‘आशा छ यसबारे कारबाही अगाडि बढ्ला।’ 

नेपाल वेलहोप एग्रिटेक प्रालिमाथि कारबाही सिफारिस गर्दै भरतपुर महानगरपालिका–२३ ले जिल्ला प्रशासन कार्यालय चितवनलाई बोधार्थ गराएको पत्र।

आफू पीडित र शोषित भएको भन्दै स्थानीय जनप्रतिनिधि गुहार्ने कुखुरा किसान बोहराले आफू र आफूजस्ता धेरै किसान ठगिएको गुनासो गरे। उनले आफूले दुई वर्षदेखि वेलहोपको उत्पादन खरिद गरिरहेको तर शंका लागेर तौल गर्दा पटकपटक ठगिएको महसुस भएपछि स्थानीय जनप्रतिधिलाई गुहारेको बताए। 

‘मैले यसबारे कम्पनीलाई जानकारी दिँदा उल्टै ममाथि दुर्व्यवहार गरियो। गल्ती स्वीकार्ने काम भएन’, पीडित बोहराले भने, ‘अहिले कम्पनीको ठगीलाई स्थानीय तहले प्रमाणित गरेको छ। अब कारबाही हुनुपर्छ।’  वेलहोपले उत्पादन गरेको दानाको तौलमा मात्र होइन, गुणस्तरमा समेत कैफियत रहेको दाबी कुखुरा व्यवसायीको छ। दानामा सीटीसी, बीएमडीलगायत एन्टिबायोटिक्ससमेत अनधिकृत ढंगले मिसाउने गरिएको उनीहरू बताउँछन्। 

‘एन्टिबायोटिक्स कुखुरा बिरामी भएका बेला मात्र खुवाउनुपर्ने हो। तर आफ्नो दाना राम्रो रहेको भ्रम छर्न पहिल्यै उत्पादक कम्पनीले दानामा एन्टिबायोटिक्स मिसाउने खबर सुनेका छौं जुन अनधिकृत काम हो’, अर्का एक कुखुरा व्यवसायीले गुनासो गरे, ‘नियमअनुसार पशु आहारमा एन्टिबायोटिक्स मिसाउन पाइँदैन। कुनै दाना उत्पादन कम्पनीले त्यसो गर्छ भने कानुनतः त्यो दण्डनीय हुन्छ।’

तर नियामक निकायको कमजोर भूमिका र आफू शक्तिसम्पन्न व्यवसायी भएकाले वैद्य स्वामित्वको उद्योग कम्पनीले यसको फाइदा उठाइरहेको भनाइ उनको छ। 

प्रकाशित: May 06, 2021| 12:00 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।