बिहीबार, असार २५, २०८३

एनएसएलमा ललितपुरको पहिलो जित 

चार खेलसम्म जितविहिन रहेको ललितपुर सिटी फुटबल क्लबले पाँचौं खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै जित निकालेको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– चार खेलसम्म जितविहिन रहेको ललितपुर सिटी फुटबल क्लबले पाँचौं खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा ललितपुरले पहिलो जित निकालेको हो। उसले ३ अंकमा आजको खेलबाट तीन अंक थप गर्दै प्ले अफमा जाने अवसर जिवित राखेको छ।

खेलको छैटौं मिनेटमा ललितपुरका नुर्लान जाहीले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए। फरवार्ड अञ्जन विष्टले प्रहार गरेको बललाई उनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए। सुरुआतबाटै आक्रामक बनेको ललिपुरले पहिलो गोल गरेपछि भने खेलको गति घटाएको थियो। 

यसबीच बुटबल लुम्बिनीले बल पोसेसन राखेर खेलेको थियो। उसले ललितपुरलाई केही समय दबाबमा राखे पनि गोल गर्नमा भने चुकिरह्यो। यता पहिलो हाफको इन्ज्युरी समयमा मार्की खेलाडी विष्टको गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका थिए। त्यसअघि विमल रानाले प्रहार गरेको बल बुटबलका किपर विसाल श्रेष्ठले बचाएपछि बारमा ठोक्किएर मैदान फर्किएको बल विष्टले प्रहार गरेका थिए। 

यसबाहेक खेलको पहिलो हाफमा सम्झनलायक अन्य मुभ भएनन्। पहिलो हाफमा ललितपुरले पाँच र बुटवलले ६ पटक एक अर्काको पोस्टमा प्रहार गरेका थिए। जहाँ ललितपुरले तीन पटक सही दिशामा प्रहार गर्न सकेको थियो भने बुटबलले कुनै बल पोस्टको दिशामा प्रहार गर्न सकेन। दोस्रो हाफ पनि दुवै टिमबाट केही राम्रा मुभहरु बनाए पनि गोलमा परिणत हुन सकेन। खेल अवधिभर ललितपुरले १९ प्रहार गर्यो भने बुटवल लुम्बिनीले १० प्रहार गरेको थियो।

यता ललितपुरले सात पटक पोस्टको दिशामा प्रहार गर्दा बुटबलका खेलाडीले बललाई पोस्टको दिशामा प्रहार गर्न सकेनन्। यससँगै १–० गोलको जितसँगै ललितपुले पहिलो जित निकालेको हो। यो जितसँगै ललितपुरले ६ अंक बनाएर चौथो स्थानमा पुगेको छ। आजको दोस्रो खेलमा विराटनगरले काठमाडौंसँग खेल्दैछ।
 

प्रकाशित: May 06, 2021| 11:01 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।