बिहीबार, असार २५, २०८३

च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र सिटी भिड्ने

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्बल म्यानचेस्टर सिटीले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं – युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्बल म्यानचेस्टर सिटीले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलको दोस्रो लेगेको खेलमा रियल मड्रिडलाई हाराउँदै चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

अघिल्लो हप्ता रियलको मैदानमा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए।

तर, चेल्सीको मैदानमा बुधबार राति सम्पन्न खेलमा २–० गोलको जित निकाल्दै चेल्सी फाइनलका लागि तयार भएको हो। गएरातिको खेलमा चेल्सीको टिमो वार्नर र मेसन माउन्टले समान १–१ गोल गरे।

वार्नरले खेलको २८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए भने माउन्टले दोस्रो हाफको ८५औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यससँगै चेल्सीले समग्रमा ३–१ गोलको जित निकालेको हो। अब च्याम्पियन्स लिगको फाइनल खेल आगामि स्तानबुलमा मे २९ मा हुनेछ। मंगलबार रातिको खेलबाट सिटी पीएसजीलाई ४–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

प्रकाशित: May 06, 2021| 01:41 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।