बिहीबार, माघ ८, २०८२

राेमाले किन भित्र्यायाे जाेसे माउरिन्हाे?

विश्व फुटबलमा जोसे माउरिन्हाे निकै प्रशिद्ध नाम हो। फुटबल वृत्तमा उनको नाम थाहा नपाउने सायदै कोही होला।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं – विश्व फुटबलमा जोसे माउरिन्हाे निकै प्रशिद्ध नाम हो। फुटबल वृत्तमा उनको नाम थाहा नपाउने सायदै कोही होला।

National life

उनी आफ्नो रणनीतिमा पक्का रहन्छन्। गोल गर्नेमा विश्वासिला देखिन्छ र डिफेन्समा झनै बलियो वाल सिर्जना गरिदिन्छन्। त्यसैले त विश्वकका धनी र ठूलो क्लब पनि उनलाई आफ्नो प्रशिक्षक बनाउन पाउँदा निकै खुसी हुन्छन्।

त्यही खुसी मंगलबार साँझ इटालियन क्लब रोमाले सम्पूर्ण फुटबल फ्यानसमक्ष साटेको छ। रोमाका फ्यानले भरिएको सामाजिक सञ्जाल पेज हेर्दा लाग्छ उनीहरूमा आउँदो सिरी एको च्याम्पियन बन्ने आशा पलाइसकेको छ। र, त्यो आशा बढ्दै गएको छ।

त्यसमाथि एक हप्ता अघि मात्र (बिहीबार) रोमाले म्यानचेस्टर युनाइटेडसँग ६–२ गोलको लज्जास्पद हार बेहोरेपछि हायलकायल भएका समर्थकलाई पनि यो खवरले धेरै उत्साहि बनायो।

हुनत सोमबार नै रोमाले पछिल्लो हप्ता प्रशिक्षक पावलो फोन्सियाले चलिरहेको सिजनको अन्तिमबाट क्लब छोड्ने सूचना दिएको थियो। त्यसपछि इटालियन खेल पत्रकारहरू रोमामा माओरिजियो सारीलाई नयाँ प्रशिक्षकका रुपमा देखिरहेका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै शीर्षहरूमा इटालीमा समाचार छापिन थाले। उनले रोमाका खेलाडीलाई कसरी खेलाउलान् भन्ने सम्भावनाहरू पत्र पत्रिकामा छापिन थाले। सायद त्यतिबेला कसैले सोचेको थिएन कि माउरिन्हाे रोमामा आउनेछन्। 

इटालियन क्लबले मंगलबार साँझ फेरि अर्को सूचना प्रसारण गर्दै माउरिन्हाेलाई प्रशिक्षक बनाएको बतायो। ‘रोमाले माउरिन्हाेसँग आगामी सिजनबाट लागू हुनेगरि सम्झौता गरेका छन्। उनीसँगको सम्झौताले हामी निकै खुसी छौं,’ रोमाले जानकारी दिँदै ट्वीटरमा लेखेको छ।

माउरिन्हाेलाई उदृत गर्दै लेखेको छ, ‘अध्यक्षसँगको बैठकपछि नै मैले थाहा पाएँ कि उनीहरू उपाधि जित्न कति महत्वकाँक्षी छन्। हामी सबै मिलेर उपाधि जित्नेछौं।’

क्लबका समर्थहरूको गजबको प्यासनले आफूलाई काममा आकर्षित गरेको बताउँदै माउरिन्हाेले आफू नयाँ सिजन सुरु गर्नका लागि उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

उसो त रोमा र माउरिन्हाेबीच सम्झौता भएपछि अत्याधिक खुसी त रोमाका खेलाडी अफिसियल र त्यस क्लबका समर्थक नै भएका छन्। र, रोमवासी पनि उनलाई आफ्नो क्लबमा देख्न उत्साहित छन्।

किनेभने उनले इटालिगमा आफ्नो इमेज नै त्यही अनुसार मेन्टेन गरेका छन्। पछिल्लो समय २००८ देखि २०१० सम्म इन्टर मिलानको प्रशिक्षक रहँदा उनले क्लबलाई १९६५ पछि पहिलो पटक च्याम्पियन्स लिग जिताएका थिए। त्यति मात्र नभएर इन्टर मिलानले त्यो सिजन ट्रिबल गरेको थियो। यो भनेको एकै क्लबले च्याम्पियन्स लिग, घरेलु लिग र घरेलु कप जित्नु हो।

त्यसअघि बेनफिका, पोर्टो र चेल्सीमा उस्तै उत्कृष्ट रणनीतिका साथ खेलाएका माउरिन्हाेले त्यसपछि रियल मड्रिड र पुनः चेल्सीमा पूग्दा पनि लिग उपाधि र ट्रफी जित्ने क्रम चलिरह्यो। यो उनको सबैभन्दा लोभलाग्दो पक्ष पनि हो।

यता रोम र रोमालाई नियाल्दा, सिरी ए र कोपा इटालियाको यो सिजनमा पनि उसले खासै राम्रो खेल्न सकेन्। खेलाडीमा लगातारको चोटपछिको खराब रिजल्टका कारण उसले सिरी एको तेस्रो स्थानबाट सातौं स्थानमा पुग्नु परेको छ। र, कोपा इटालियमा पनि उसले लज्जापद हार बेहोरिसकेको छ।

रोमाको यस्तो अवस्थामा क्लबमा केही ठूलो परिवर्तन आवश्यक थियो। तर, त्यो परिवर्तन माउरिन्हाे होलान भन्ने सकैले सोचेको थिएन्। त्यसलगत्तै रोमाले यो सूचना प्रवाहित गर्यो, त्यसपछि रोमामा एउटा विषयमा मात्र कुरा भइरहेको छ। टेलिभिजन र रेडियोहरूमा उनीबारे अन्त्यहिन गफगाफ चलिरहेका छन्। र, समर्थकले पछिल्ला सबै संघर्ष र हारहरूलाई भुलिसकेका छन्।

यति हुँदाहुँदै इटालिका मानिसले इंग्लिस फुटबल हेर्ने र त्यसलाई आफ्नो देशससँ तुलता गर्ने गरेका छन्। इंग्लिस लिगमा माउरिन्हाेको आरोह पनि देखिरहेका छन्। इटालियनहरूले टोटेनहममा उनको अवरोह पनि नदेखेका होइनन्। जबकी उनले हट्स्परबाट राम्रो गर्न सकिरहेका थिएनन्।

त्यसपछि एउटा शंका जन्मिएको छ। के अहिले उनले त्यस्तै विषेश गर्न सक्नेछन् जुन उनले एक दशकअघि इन्टर मिलानबाट गरेका थिए? इटालीका फुटबल लेखक र समर्थकले त्यही प्रश्न सोधिरहेका छन्। र, यो प्रश्न अहिले इटालिमै हट केक कोइसनका रुपमा देखिएको छ।

तर अहिले उनलाई त्यो प्रश्नको उत्तर दिन निकै समय बाँकि छ। किनभने उनले फरक कदम चालेका छन्। विषेशगरि सातै दिन, २४ घण्टा खेलवृत्तमा छाइरहने माउरिन्हाे ठूलो रकममा ठूला क्लबमा अनुबन्ध हुन चाहने प्रशिक्षक हुन्।

तर, उनले रोमोको प्रशिक्षण केन्द्रमा आउनका लागि त्यस्ता केही कुरा हेरेनन्। रोमासँग अहिले त्यस्तो विशेष केही छैन्। तर इनर्जेटिक युवा खेलाडी भने छन्।

साथै उसका कतिपय सिरियर खेलाडीको भविष्यबारे भने अझैसम्म क्लबले निर्क्यौल गर्न सकेको छैन्। माउरिन्हाेको तलबका लागि पनि क्लबले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ। त्यसले क्लबले केही खेलाडी बेच्ने तरखर पनि गरिरहेको छ।

यस्तै अन्तरसंघर्षबीच महोरिन्होले टिम सेटप गर्नुपर्ने हुन्छ। तर उनले टिममा विकास गर्नुपर्ने एउटा महत्वपूण कुरा लामो समयसम्मको लगातार जितको भोक नै हो। जुन अहिलेको रोमामा कम छ। र, महत्वपूर्ण अवसर गुमाइरहेको छ। त्यसैकारण त हो रोमाले २००८ यता ट्रफी जित्न सकेको छैन्।

यद्यपी रोम सहर फुटबलका लागि आकर्षक ठाउँ भने हो। समर्थकहरूको रोडियो वादविवाद २४ घण्टा र सात दिन नै चलिरहेको हुन्छ। जसले क्लबको रौनकतालाई अझ स्पष्ट परेको छ। यसले कतिपय पुराना प्रशिक्षकलाई निदाउन पनि दिएको छैन्।

रोमालाई उपाधि जिताउने यसअघिका प्रशिक्षक लुसियानो स्पलेट्टीले २००७ र २००८ मा कोपा इटालिया र इटालियन सुपर कप जिताएका थिए।

तर, ति कपहरूलाई इंग्ल्यान्डको एफए कप र म्युनिटी शिल्डको जस्तो महत्व दिइँदैन्।  त्यसैले माउरिन्हाेलाई अहिलेको चुनौति भनेको लिग जित्नु हो। दीर्घकालिन रुपमा उनले क्लबलाई त्यहि २००१ को सफलता दिलाउने विश्वास गरिएको छ। यसका लागि उनलाई क्लबलको लगातार र लामो सहयोग चाहिन्छ।

तर लामो समयसम्म एउटै क्लबमा टिक्न नसकेको प्रशिक्षक माहोरिन्हो रोमामा चाहिँ टिक्लान? प्रश्न पनि छ।

माहोरिन्होको सफलता

उनले अहिलेसम्म ९९५ खेल खेलाइसकेका छन्। त्यसमा अधिकांश जित निकालेका छन्। अर्थात् ६३५ जित उनको नाममा रहँदा १६२ हार बेहोरेका छन्। सोही क्रममा उनको टिमले १९८६ गोल गरेको छ भने ८९० गो खाएको छ। यससँगै उनले विभिन्न २० उपाधि जितिसकेका छन्।

प्रकाशित: May 06, 2021| 01:13 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।