आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

nespernesper

अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’
 |  मंगलबार, वैशाख २१, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- मुलुक अक्सिजन उत्पादनमा आत्मनिर्भर रहे पनि वितरण प्रभावकारी नहुँदा कोरोना संक्रमित बिरामीले समयमै अक्सिजन नपाउने चिन्ता बढेको छ। सरकारले व्यवसायीसँग समन्वय नगर्दा वितरण प्रभावकारी हुन नसकेको हो।

triton college

यस्तै अस्पतालहरुसँग सिलिन्डर नहुँदा पनि समस्या देखिएको व्यवसायी बताउँछन्। अक्सिजनको माग भने निकै बढेको छ। सहज अवस्थामा दैनिक १० वटा सिलिन्डर खपत गर्ने अस्पतालबाट अचेल एक सय वटाभन्दा बढी माग भइरहेको छ।

देशभरमा सानाठूला गरी २० वटा अक्सिजन उद्योग छन्। तीमध्ये ८ वटा त काठमाडौं उपत्यकामै छन्। यी उद्योगबाट दैनिक आठ हजार सिलिन्डर अक्सिजन उत्पादन हुने नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन्। उनी भन्छन्, ‘संकटका बेला विराटनगर, रूपन्देही, दाङलगायत स्थानमा रहेका अक्सिजन उद्योग मर्मत गरी सञ्चालन गर्नुपर्छ।’ 

उनका अनुसार केही अक्सिजन उद्योगले आफ्नो प्लान्ट १८ घन्टासम्म चलाएका छन् भने आवश्यक परेमा उद्योगलाई २४ घन्टा चलाउन सकिन्छ। बिजुली आपूर्ति भएमा अक्सिजन उत्पादनमा समस्या नहुने शारडा बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा पनि सञ्चालनमा नआएका अक्सिजन प्लान्ट शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने बताएका छन्।

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको अक्सिजन प्लान्ट। तस्बिर : देव राना

व्यवसायीका अनुसार नेपाल नेपाल अक्सिजन उत्पादनमा आत्मनिर्भर छ। तर वितरणको समस्या छ। शारडा भन्छन्, ‘अक्सिजन उत्पादनमा समस्या नभए पनि सिलिन्डर होल्ड हुँदा वितरणमा समस्या छ।’ 

Metro Mart
vianet

सरकारी अस्पतालसँग आफ्नो सिलिन्डिर छैन। नेपालमा अक्सिजनका करिब एक लाख सिलिन्डर रहेको अनुमान छ। ‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’ यस्तै कतिपय दीर्घरोगी र गम्भीर प्रकृतिका बिरामीका आफन्तले घरमै लगेर सिलिन्डर होल्ड गरेकाले पनि वितरणमा समस्या रहेको व्यवसायी बताउँछन्।

‘काठमाडौंमा रहेका अस्पताल र बेडलाई पुग्ने गरी अक्सिजन उत्पादन हुन्थ्यो,’ उनी भन्छन्, ‘एक साताअघिसम्म अक्सिजन वितरण र उत्पादनमा समस्या थिएन। तर सरकारले अस्पताल थपिरहेको छ। बिरामी बढ्दै गएका छन्। यस्तो अवस्थामा चाप पर्नु स्वाभाविकै हो।’

महामारीका बेला सरकारले अक्जिन उद्योगीसँग समन्वय गरेको छैन। यस्तै सरकारी निकायले अक्सिजन उत्पादनको अवस्थाबारे पनि समन्वय नगरेको महासचिव तिमिल्सिना बताउँछन्। ‘न त हामीलाई अबको सातादस दिनमा यति उत्पादन चाहिन्छ भनिएको छ,’ तिमिल्सिना भन्छन, ‘न त तिनलाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमै छलफल गरेको छ।’

वितरण प्रभावकारी हुन नसके अक्जिसनको अभाव हुन सक्नेमा व्यवसायी पनि सहमत छन्।  ‘दस–पन्ध्र दिनअघि सम्मको अवस्था हेर्दा अक्सिजनको अभाव नहोला जस्तो थियो तर अब दिनकै सात हजारका दरले संक्रमित बढ्दै जाँदा के हुन्छ भन्न सकिन्न,’ संघका अध्यक्ष शारडा भन्छन्। उनका अनुसार सहज अवस्थामा दैनिक १० वटा सिलिन्डिर खपत गर्ने अस्पतालबाट अचेल सय वटा भन्दा बढी माग हुन थालेको छ। 

अक्सिजन आपूर्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल र कार्ययोजना बनाइरहेको उनले बताए । ‘हाम्रो मात्र भर परेर हुँदैन,’ उनले भने, ‘सरकारले पनि ढुवानी, सिलिन्डर व्यवस्थापनमा सघाउनुपर्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औद्योगिक प्रायोजनका लागि अक्सिजन प्रयोग नगर्न निर्देशन दिइसकेको छ।

मन्त्रालयले केही समयका लागि अक्सिजन उपयोग हुने उद्योग बन्द गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित निर्देशन दिइसकेको छ। मन्त्रालयले यस्तो निर्देशन दिए पनि निषेध आदेश लागू नभएका स्थानमा कतिपय उद्योग  पूर्ण रुपमा बन्द भएको छैन। ‘जहाँ निषेध आदेश छैन त्यहाँ अक्सिजनको माग पनि बढेको छैन,’ शारडाले भने ।

वीरगन्जको गण्डक अस्पतालको आईसीयू वार्ड। तस्बिर : जियालाल साह

‘सिलिन्डर आयात गर्ने अवस्था छैन’

एक त व्यवसायीसँग बिक्री गर्नका लागि सिलिन्डर स्टक छैन । अर्को, आयात गर्न सक्ने अवस्था छैन। ‘भारतबाट सिलिन्डर ल्याउने सक्ने अवस्था छैन,’ शारडा भन्छन्, ‘ नयाँ किन्नुभन्दा पनि अन्तरसरकारी समन्वय गरी कहाँ कतिवटा छ र कहाँ उत्पादन गरेर वितरण गर्दा सहज हुन्छ।’ त्यसमा व्यवसायीको मात्र प्रयासले केही नहुने उनी बताउँछन्। शारडा भन्छन्, ‘सरोकारवाला सबैले समन्वय गुर्न जरुरी छ।’

नेपालमा उत्पादन हुने अक्सिजनमध्ये  ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोजनमा र बाँकी उपचरामै खपत हुने गरेको छ। ‘अहिले अक्सिजन उपयोग गरिने उद्योग बन्द छन् र सबै उत्पादन मेडिकल प्रयोजनका लागि उपयोग भइरहेको छ’, शारडाले भने। 

प्रधानमन्त्री ओलीले पनि देशवासीको सम्बोधनका क्रममा लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्। यस्तै उनले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको बताएका थिए।

बिरामीले घरघरमा होल्ड गर्नु पर्दैन

महामारीमा अक्सिजनभन्दा पनि सिलिन्डर अभाव हुन सक्ने भयले कतिपय बिरामीका आफन्तले घरमा सिलिन्डर होल्ड गरेर राखेका छन्। यसो गर्दा पनि वितरणमा समस्या भएको अध्यक्ष शारडा बताउँछन्। उनी भन्छन्, ‘बिरामीले घरघरमा सिलिन्डर होल्ड गर्दा वितरणमा कठिन छ।’ 

अक्सिजनको सिलिन्डर घरमा भण्डारण गरेर राख्नु नपर्ने उनी बताउँछन्। ‘उद्योगले पनि त्यसरी घरघरमा सिलिन्डर जानबाट रोक्नुपर्छ,’ उनी भन्छन्। 

नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढेपछि अक्सिजनको माग बढेको छ। व्यक्तिका घरमा–घरमा र अस्पतालमा समेत अक्सिजनका थप सिलिन्डर गइरहेको व्यवसायी बताउँछन्।  शारडा भन्छन्, ‘गत वर्ष महामारीका बेला पनि हामीले पुग्दो मात्रामा अक्सिजन उपलब्ध गराएका थियौं। अहिले पनि सहज ढंगमा नै अक्सिजन उपलब्ध गराउने अवस्था छ। बिरामीको संख्या बढ्दै जाँदा स्थिति गाह्रो हुन सक्छ। त्यही भएर सबै निकायको समन्वय आवश्यक छ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए। उनले भने, ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन। तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो।’

अहिले सिभिल अस्पताल र वीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना भएर अक्सिजन उत्पादन हुन थालेको छ। त्यस्तै, काठमाडौं महानगरले २ करोड ७५ लाखमा गंगालाल अस्पतालको अक्सिजन प्लान बनाइदिएको छ। स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई आफ्नै सिलिन्डर किन्न निर्देशन दिएको छ। व्यवसायी पनि अक्सिजन उपलब्ध गराउन तयारी अवस्थामा छन्। ‘अस्पताललाई दिनरात नभनी कुनै पनि बेला अक्सिजन उपलब्ध गराउँदै आएका छौं,’ शारडाले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए। उनले भने, ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन। तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो।’ उनले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर होल्डमा नराख्न अनुरोध गरे।

चीनबाट २० हजार सिलिन्डर ल्याइँदै

सरकारले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ। कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउन लागेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार ती सिलिन्डर अर्को साता चीनबाट ल्याइनेछ।

प्रकाशित: May 04, 2021| 10:51 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।