आइतबार, पुस १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • श्रम स्वीकृतिमा झमेला, महामारीका बेला पनि उस्तै घुइँचाे

Siddartha premir insuranceSiddartha premir insurance

श्रम स्वीकृतिमा झमेला, महामारीका बेला पनि उस्तै घुइँचाे

निषेध आदेशको पहिलो दिन देखिएको भीडले आफू हैरान भएको सुनाए वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक छत्रबहादुर शाहले। ‘यसरी त कोरोनाको जोखिम बढ्ने भयो। सबै सेवा अनलाइन गर्न महानिर्देशकसँग छलफल भइरहेको छ,’ शाहले भने।
 |  शनिबार, वैशाख १८, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, वैशाख १८, २०७८

ntc landingntc landing

काठमाडौं– तीव्र गतिमा कोरोना भाइरस फैलिएका कारण काठमाडौं उपत्यकामा  निषेध आदेश जारी रहेकै बेलामा पनि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा भने चहलपहल उस्तै छ। 

himalayan bank box

निषेध आदेशको पहिलो दिन बिहीबार र दोस्रो दिन शुक्रबार कार्यालयमा सेवाग्राहीको घुइँचो थियो। बिहीबार एकै दिनमा कार्यालयले करिब ९ सय जनालाई वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति दियो।

कार्यालयका अनुसार बिहीबार संस्थागत ४ सय, अनलाइनमार्फत ४ सय र व्यक्तिगत करिब १ सय जनाले श्रम स्वीकृति गराएका थिए। शुक्रबार पनि सोही हाराहारीमा श्रमस्वीकृति दिइएको थियाे। अनलाइनबाटै श्रमस्वीकृति दिने व्यवस्था कार्यान्वयनमा आए पनि कार्यालयमै पुग्नेहरु अझै घटेका छैनन्। 

निषेध आदेशको पहिलो दिन देखिएको भीडले आफू हैरान भएको सुनाए वैदेशिक रोजगार कार्यालयका निर्देशक छत्रबहादुर शाहले। ‘यसरी त कोरोनाको जोखिम बढ्ने भयो। सबै सेवा अनलाइन गर्न महानिर्देशकसँग छलफल भइरहेको छ,’ शाहले भने।

अन्तर्राष्ट्रिय उडान बन्द नभएका कारण घर बिदामा आएका कामदारको फर्कने चाप बढेका कारण पुनः श्रम स्वीकृति लिनेको भीड बढेको शाहले बताए। पुनः श्रम स्वीकृतिका लागि अहिले प्रदेशमा पनि श्रम कार्यालय खोलिएको छ। विदेशमा रहेका श्रमिकको हकमा अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ। तर पनि वैदेशिक रोजगार कार्यालय ताहाचल आउने नघटेको शाहले बताए। 

vianet

सोही दिनको टिकट भएकाले कतिपय युवा ब्यागसहित श्रम कार्यालय पुगेका थिए। कोही भने हप्ता दिनसम्म कार्यालय धाउँदा पनि काम नभएको गुनासो गर्दै थिए।

स्याङ्जा चापाकोटका अमृत भट्टराईले बुटवलको श्रम कार्यालयमा झमेला भएको र कर्मचारीले घूससमेत मागेकाले काठमाडौं आएको सुनाए। ‘म अबुधाबीबाट बिदामा घर आएको थिएँ। वैशाख २४ गतेको टिकट छ। श्रम स्वीकृतिका लागि बुटवलको कार्यालयमा गएँ तर त्यहाँ अनेक झमेला देखाए। ८ हजार घूस मागे कर्मचारीले। किन घूस दिने भनेर काठमाडौं आएको हुँ,’ अमृतले भने।

बुधबार काठमाडौं आएका उनी शुक्रबार हिँडेरै ताहाचल पुगेका थिए। ‘यहाँ पनि उनले बुटवलको जस्तै झमेला देखाए। दलालको शरणमा पुगेर बल्ल काम गराएँ,’ उनले सुनाए।

बेलबारी मोरङका श्रीराम पनि पाँच दिनदेखि कार्यालय धाइरहेका छन्। उनको पनि काम भएको छैन। कलंकीबाट हिँड्दै अफिस टाइम सुरु हुनासाथ आइपुग्छन् तर दिनभरिमा पनि काम हुँदैन। ‘५ दिन भयो, कहिले के मिलेन कहिले के भएन भनेर अल्झाइरहेका छन्। वैशाख २४ गते काममा पुग्नु पर्नेछ। त्यही भएर लकडाउनमा पनि श्रम स्वीकृति लिन आएको हुँ,’ उनले सुनाए, ‘सेटिङ नमिलाएर हो कि आफूले नजानेर हो, अझै काम भएको छैन।’

कार्यालयका निर्देशक शाहले विभिन्न कागज नमिलेकाले केहीको काम ढिला भएको हुनसक्ने जवाफ दिए। ‘तर, सेटिङका भरमा काम हुन्छ भन्नु गलत हो। केही दलाल बाहिर होलान्, तीबाट सेवाग्राही पनि सचेत हुनुपर्छ,’ उनले भने। 

वैदेशिक रोजगारीमा जाने १८ देखि ३५ वर्षसम्मका युवाले ३ हजार ७८० रुपैयाँ तिरेर श्रमस्वीकृति लिनुपर्छ। ३६ देखि ५० वर्षकालाई भने ४ हजार ९३१ रुपैयाँ लाग्छ। ५१ देखि ६४ वर्ष उमेरकाले ९ हजार ४६६ रुपैयाँ तिर्नुपर्छ। यसबाहेक हरेक श्रमिकले १५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ।

प्रकाशित: May 01, 2021| 12:46 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।