शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘कोरोनाले आक्रान्त बनाउँदा सरकार पन्छियाे’

‘प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउने हो। तर त्यस्तो देखिएन। महामारीमा प्रतिपक्षले विरोध मात्रै गरिदिएको भए सरकारलाई गम्भीर बन्न दबाब पुग्थ्यो।’
 |  शुक्रबार, वैशाख १७, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- कोरोना महामारीको दोस्रो लहरले मुलुक आक्रान्त छ। संक्रमण र मृत्युको ग्राफ चुलिँदो छ। दैनिक लगभग पाँच हजार नयाँ संक्रमित थपिँदै छन्। बिहीबार एकै दिन ३५ जना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

triton college

संक्रमणको जोखिम नियन्त्रण, उपचार र व्यवस्थापनमा सरकार गम्भीर नबनेको आरोप लाग्दै आएको छ। उसो त सरकारले कोरोनाको उपचार गर्ने जिम्मेवारी हात उठाइसकेको छ। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्तिमा उल्लेख  छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ। त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन अनुरोध छ।’

यस्तो अवस्थालाई जनस्वास्थ्यविद्, संविधानविद् र महामारीको जोखिममा खटिरहेका जनप्रतिनिधिले कसरी मूल्यांकन गरिरहेका छन् त? 

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकार गम्भीर नबनेकै कारण मुलुकमा महामारीले भयावह रूप लिइरहेको बताउँछन्। प्रतिपक्षी पनि जिम्मेवार नरहेको आरोप उनको छ। उनी भन्छन्, ‘प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउने हो। तर त्यस्तो देखिएन। महामारीमा प्रतिपक्षले विरोध मात्रै गरिदिएको भए सरकारलाई गम्भीर बन्न दबाब पुग्थ्यो।’

Metro Mart
vianet

संविधानविद् भीमार्जुन आचार्य सरकार कोरोना नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँछन्। उनी भन्छन्, ‘अवस्था भयावह बन्दैछ। तर, सरकार सत्ता जोगाउन मात्रै लागिपरेको छ। यो निकै दुःखद कुरा हो।’ 

प्रतिपक्ष आफ्नो भूमिकाबाट चुक्नु पनि स्थिति भयावह हुनुको एउटा कारण रहेको उनको बुझाइ छ। सरकारले केही साताअघिसम्म देशका विभिन्न कुनाकाप्चाबाट कार्यकर्ता ओसारेर कोरोना संक्रमण फैलाएको उनको आरोप छ। उनी भन्छन्, ‘त्यति मात्र होइन, सरकारी संयन्त्र बीच नै समन्वय छैन।’ 

महामारीका बेला स्वास्थ्य मन्त्रालयले मात्र सबै जिम्मेवारी पूरा गर्न नसक्ने उनी बताउँछन्। उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक विषयमा मात्र नेतृत्व लिने हो। शिक्षा, सामान्य प्रशासन, वाणिज्य र उद्योग मन्त्रालयले पनि आपसमा समन्वय गर्नुपर्थ्याे। तर, त्यसो हुन सकेन।’

सीसीएमसीको नेतृत्व गरिरहेका ईश्वर पोखरेलले पनि कुनै काम गर्न नसकेको मरासिनीले गुनासो गरे। प्रधानमन्त्री ओली पोखरेललाई देखाएर उम्किने गरेको आरोप उनको छ।  मरासिनी भन्छन, ‘पोखरेलले राम्रोसँग काम गरेको भए ओलीलाई हटाएर पोखरेललाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज उठ्थ्यो। तर, उहाँले कामै गर्न सक्नु भएन।’ सीसीएमसीले प्रभावकारी रुपमा काम नगर्दा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्नेमा त्यसो हुन नसकेको उनी बताउँछन्। यस्तै केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्न नसकेको उनको भनाइ छ। 

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकार गम्भीर नबनेकै कारण मुलुकमा महामारीले भयावह रूप लिइरहेको बताउँछन्। प्रतिपक्षी पनि जिम्मेवार नरहेको आरोप उनको छ।

संविधानविद् भीमार्जुन आचार्य सरकार कोरोना नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँछन्। उनी भन्छन्, ‘अवस्था भयावह बन्दैछ। तर, सरकार सत्ता जोगाउन मात्रै लागिपरेको छ। यो निकै दुःखद कुरा हो।’ 

उनले राजनीतिक पहुँच नभएका गरिब, असहाय व्यक्तिलाई स्वास्थ्य र अस्पतालको सामान्य सेवा लिन पनि गाह्रो भइरहेको बताए। ‘लोकतन्त्रमा शासक र शासित हुँदैनन्। राज्य सञ्चालन गर्ने व्यक्ति जनताबाटै चुनिएका  जनताका संरक्षक र अभिभावक हो। नेपालमा संरक्षकबाट संरक्षण हुन सकिरहेको छैन’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कुर्सी जोगाउनमै केन्द्रित रहेको उनको आरोप छ। उनी भन्छन्, ‘निजी स्वार्थका लागि नेताहरू जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने प्रवृत्ति बढेको छ।’ कर्णाली, लुम्बिनी, गण्डकीमा देखिएका राजनीतिक स्वार्थका घटना यस्तै प्रवृत्तिको परिणाम भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘जनतालाई जीवन कसरी बचाउने भन्ने चिन्ता छ। तर, ओली आफ्नो सत्ता र गुट कसरी जोगाउने भन्ने खेलमा छन्।’

उनका अनुसार सरकारी कार्यशैलीमा सुधार नहुने हो भने अवस्था अझै जटिल हुन सक्छ। यस्तो बेला सरकारका गलत कदमलाई जयजयकार नगरी कार्यककर्ताले रचनात्मक सुझाव दिनुपर्ने आचार्यको धारणा छ।  प्रधानमन्त्री ओली आफैंले बनाएको कानुनको समेत धज्जी उडाइरहेको टिप्पणी आचार्यको छ। उनी भन्छन्, ‘प्रधानमन्त्रीले कुनै कानुन र मापदण्डको पालना गरेको देखिँदैन। हुलहुज्जतसहित धरहरा उद्घाटन गर्नु एउटा उदाहरण हो।’ 

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा पनि जोखिम नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले चासो नदेखाएको बताउँछिन्। ‘हामी सक्रिय छौं। अवस्था निकै भयावह बनिसकेको छ’, उनले भनिन्, ‘तर हामीले मात्रै अवस्था नियन्त्रणमा लिन सक्ने अवस्था छैन।'

यस्तै अवस्था रहे नेपालमा पनि भारतको जस्तै अवस्था आउने उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेको सत्ता देश र जनताका लागि नभई  गुट बचाउन मात्र सक्रिय छ।’  महामारी नियन्त्रणमा सरकार गत वर्षदेखि नै गम्भीर नबनेको आरोप उनको छ। ‘एक वर्षअघि संक्रमण देखिँदा स्वाथ्यविज्ञले अहिलेको अवस्था आउने चेतावनी दिइरहेका थिए। सरकारसँग निकै समय पनि थियो’, आचार्य भन्छन्, ‘सरकारले वास्तै गरेन। सत्ता पक्ष नै सडकमा कुर्लिन व्यस्त भयो। अहिले कोरोना मात्रै देखिरहेको छ, सरकार देखिएकाे छैन। जिम्मेवारीबाट पन्छिन खाेजिरहेकाे छ।’

सरकारले खुला सीमा व्यवस्थित गर्न नचाहेको उनको बुझाइ छ। उनले भने, ‘भारतको स्वार्थमा काम गरिरहेको सरकार त्यो गर्न डराउँछ। सार्वभौम देशको सार्वभौम नागरिकको सत्ताभन्दा पनि सरकार अरूको स्वार्थका लागि काम गर्न बनाइदिएको एक अमुक चिज जस्तो बनेको छ।’

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा पनि जोखिम नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले चासो नदेखाएको बताउँछिन्। ‘हामी सक्रिय छौं। अवस्था निकै भयावह बनिसकेको छ’, उनले भनिन्, ‘तर हामीले मात्रै अवस्था नियन्त्रणमा लिन सक्ने अवस्था छैन। केन्द्र र प्रदेश सरकार मौन छन्।’ बाँके महामारीको हटस्पट बन्दा राज्यको उपस्थिति नदेखिनु दुःखद भएको उनी बताउँछिन्।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड पनि महामारीको दोस्रो लहर नियन्त्रणका लागि सरकारले सहयोग नगरेको गुनासो गर्छन्। ‘धनगढी उपमहानगरपालिकाले निरन्तर आफ्नो काम गरिरहेको छ। भारतबाट आउने नागरिकको उद्धार गर्दै वडा–वडासम्म पुर्‍याइरहेको छ’, उनी भन्छन्, ‘भारतबाट आएकाहरूको पीसीआर परीक्षण गर्ने र संक्रमण पुष्टि भए आइसोलसनमा लैजाने काम गरिरहेका छौं।’

उपमहानगरपालिकाले स्थानीय प्रशासन, सुरक्षा निकाय, प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर काम गरिरहेको छ। उनी भन्छन्, ‘प्रदेश र केन्द्र सरकारले कुनै सहयोग गरेको छैन।’

प्रकाशित: Apr 30, 2021| 10:37 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।