शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशको मार : अब औषधि केले किन्‍ने, भाडा कहाँबाट तिर्ने ?

निषेध आदेशको मार : अब औषधि केले किन्‍ने, भाडा कहाँबाट तिर्ने ?

उनी भन्छन्- ‘मसँग अरु कुनै विकल्प छैन। लकडाउन भएपछि यही पनि बन्द भयो भने कसरी बाँच्ने ? फेरि पोहोरकै हालत हुने त होला ?’ 
 |  बुधबार, वैशाख १५, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, वैशाख १५, २०७८

vianetvianet

काठमाडौं- भृकुटीमण्डपको गेटभित्र छिर्नेबितिकै एउटा ठेलामा लेखिएको छ, ‘फ्रेस लेमन सोडा’। यस व्यवसायका मालिक हुन्, काठमाडौं मखन टोलका गणेश दास महर्जन। विगत ३५ वर्षदेखि भृकुटीमण्डपमा यही व्यवसाय गदै आएका छन् महर्जन।

triton college

दैनिक यही सोडा पानी बेचेर उनले १ हजार ५०० देखि २ हजार कमाउँदै आएका छन्। जीवन खुसीसँगै चलिरहेको छ, परिवार सुखका साथ पालिरहेका छन्। तर हिजोआज उनको छटपटी यसरी बढेको छ कि, रातमा निदाउनसमेत सकिरहेका छैनन्। 

महर्जनले नेपाल समयसगँ भने- ‘जब निषेध आदेशको समाचार सुनेँ त्यसपछि निदाउन पनि सकेको छैन, अब के गर्ने कसरी बाँच्ने चन्ने चिन्ता मात्रै छ।’

भृकुटीमण्डप साेडाकाे व्यापार गर्ने महर्जन

गत वर्षको लकडाउनमा उनी बिरामी परेका थिए। त्यतिखेर उनलाई उपचारमा मात्रै होइन, दैनिक गुजारा चलाउन र बाँच्नै मुस्किल पर्‍यो। उनी भन्छन्- ‘मसँग अरु कुनै विकल्प छैन। लकडाउन भएपछि यही पनि बन्द भयो भने कसरी बाँच्ने ? फेरि पोहोरकै हालत हुने त होला ?’ 

उनलाई अहिले कसरी खानाको जोहो गर्ने र कसरी घरभेटीलाई भाडा बुझाउने भन्ने पिरलो छ। निमोनियाका दीर्घरोगी महर्जनले यही प्रश्नको उत्तर खोजिरहेका छन्। 

National life insurance

खानै नपाई मरिने हो कि जस्तो पनि लाग्छ उनलाई कहिलेकाही। भन्छन्, ‘खाने र औषधि गर्ने पैसाको जोहो यही ठेलाबाट गर्थेँ, अब कसले दिन्छ खाना ? कसले गरिदिन्छ औषधि ?’ 

गर्मीको सिजन उनको व्यापार हुने समय हो। उनले सुनाए, ‘सोचेको थिएँ अब व्यापार राम्रै होला, गत वर्षको लकडाउनमा लागेको ऋण तिरौँला। तर फेरि ऋण थपिने भयो। बाँच्नै गह्रो हुने भयो।’
लकडाउन (निषेध आदेश) पछि कति महङ्गी बढेने हो भन्ने डरले पनि उनलाई सताएको छ। उनी भन्छन्, ‘अब त रोग र भोग दुवैले जाने स्थिति आउँला जस्तो छ।’ 

नयाँ वानेश्वर चोकमा विगत ४० वर्षदेखि जुता सिउने काम गर्दै आएका महेन्द्र रामको चिन्ता पनि उस्तै छ। दिनभरि तातो घाममा बसेर जसोतसो परिवारको छाक टाटिरहेका राम भोलिदेखि के खाने भनेर पिरोलिएका छन्।   

५ जनाको परिवारलाई उनैले धान्नु पर्छ। गत वर्षको लकडाउनमा केही राहत पाए। केही साथीहरुले पनि सहयोग गरे। ‘यस वर्ष भने सरकारले राहत पनि दिँदैन होला कसरी जिबिकोपार्जन गर्ने ?’ उनको प्रश्न छ।

घरको भाडा १२ हजार छ। उनलाई त्यही चिन्ताले रातदिन निन्द्रा नलागेको बताउँछन्। माइलो छोरा राजेश रामले घरको पेन्टिङको काम गर्थे। अलिअलि घरमा सहयोग हुन्थ्यो। तर छोरा पनि काम गर्दागर्दै लडेर खुट्टा भाँचियो। अहिले उनकोसमेत उपचारको खर्च जोहो गरिदिनुपर्छ।

भृकुटीमण्डपमा ठेला चलाउने गणेश र वानेश्वरमा जुत्ता सिउने महेन्द्र मात्रै होइन उनीहरु जस्ता हजारौँ मजदुर बिहीबारदेखि उपत्यकामा निषेध आदेशको त्रासले छट्पटिएका छन्। के खाने र कसरी बाँच्ने भन्ने पिरलोले सताएको छ।

प्रकाशित: Apr 28, 2021| 13:59 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।