आइतबार, वैशाख २७, २०८३

भारतलाई अक्सिजन पठाउँदै भुटान

छिमेकी देश भारतका विभिन्न राज्यहरूलाई सहयोग गर्न भूटानका प्लान्टले धमाधम अक्सिजन उत्पादन गरिरहेको भूटानका अधिकारीहरूले जानकारी दिएका छन्। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

थिम्पु- भुटानले भारतलाई अक्सिजन पठाउने तयारी गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेसँगै भारतमा अक्सिजन अभाव भएपछि भुटानबाट अक्सिजन ल्याउने तयारी भारतले गरेको हो। 

National life

छिमेकी देश भारतका विभिन्न राज्यहरूलाई सहयोग गर्न भुटानका प्लान्टले धमाधम अक्सिजन उत्पादन गरिरहेको भुटानका अधिकारीहरूले जानकारी दिएका छन्। 

‘भारतमा कोरोना संक्रमितको संख्या बढेपछि अक्सिजन अभाव भएको छ। जतिसक्दो छिटो भारतलाई सहयोग गर्न हामी सबै उपाय खोजी गर्न चाहन्छौँ,’ भुटानी विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै कुन्सेल अनलाइनले समाचार प्रकाशन गरेको छ।  

भारतीय राज्य असमका स्वास्थ्यमन्त्री हिमान्त विश्व शर्माले अप्रिल २५ मा भुटानबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था गर्न लागिएको बताएका थिए। ‘भुटानमा नयाँ प्लान्ट बनाउने काम भइरहेको छ। भुटानबाट अक्सिजन आपूर्ति गर्न हामीले व्यवस्था गरेका छौँ,’ उनले भनेका थिए। 

भुटानी विदेश मन्त्रालयका अधिकारीहरूले दैनिक २ सय सिलिन्डर अक्सिजन भारत पठाउन सक्ने बताएका छन्। भुटानमा नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने काम पनि अन्तिम चरणमा छ। नयाँ प्लान्ट बनेपछि भने थप अक्सिजन भारत पठाउन सकिने भुटानी अधिकारीहरूको भनाइ छ। 

विदेशी लगानीमा बनिरहेको मोन्ताङ्गास्थित एसडी ग्यास प्रालि महामारीका कारण निर्माण सम्पन्न हुन सकेको छैन। तर यसको काम भने अन्तिम चरणमा पुगेको बताइएको छ। यो ग्यास प्लान्टबाट उत्पादन सुरु भएपछि देशविदेशको माग धान्न सकिने भुटानी अधिकारीहरूको भनाइ छ। 

प्रकाशित: Apr 27, 2021| 10:45 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।