आइतबार, असोज ११, २०८३

‘एउटा बिहान हिँडिरहेका’ प्रकाश

अनामनगरस्थित मण्डला नाटकघरको मञ्च गएको आइतबार निकै झकिझकाउ थियो। भित्र पस्ने जो कोही दर्शकले नाटककोे सेट ठानेका थिए।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– अनामनगरस्थित मण्डला नाटकघरको मञ्च गएको आइतबार निकै झकिझकाउ थियो। भित्र पस्ने जो कोही दर्शकले नाटककोे सेट ठानेका थिए। तर त्यो सेट चलचित्र निर्देशक प्रकाश आङदेम्बे लिखित कविता कृति ‘म एउटा बिहान हिँडिरहेको छु’ विमोचनको थियो।

कार्यक्रममा कृतिभित्रबाट कवि असिम सागरले ‘माछा र सपना’ कविता वाचन गरेका थिए भने वक्ताको रुपमा भुपाल राई, श्रवण मुकारुङ र विमला तुम्खेवा थिए। ‘म एउटा बिहान हिँडिरहेको छु’ कृति पहिचानको एउटा फरक अनुभूतिपरक सरल भाषामा नाराभन्दा पर रहेर लेखिएको एक बलियो कृतिको रुपमा आएको बताइन् तुम्खेवाले।

‘कृतिमा समेटिएका कविताहरु मुन्धुमका श्लोकहरु जस्तो सुन्दर छन्। कविताले मष्तिष्कको मेडिटेसन महसुस हुन्छ। आफ्नोजस्तो अनुहार बोकेर आउनु भनेको सहज छैन, जसरी उनले आफ्नो मौलिक कविताको अनुहार बोकेर आएका छन्,’ उनले भनिन्।

त्यसैगरी, कवि श्रवण मुकारुङले प्रकाश आङदेम्बेको कविता भोगाइको गहिराइबाट अत्यन्तै सुन्दर ढंगले लेखिएको बताए। कविताको मर्म बुझ्न सरसर्ती पढेर मात्रै नहुने र त्यसलाई अन्तरदिलदेखि नै  मनन गर्नुपर्ने समेत उनले बताए।  मुकारुङले ‘तितो सत्य’ कविता वाचन गर्दै कृतिमा समेटिएका कविताको खुलेरै तारिफ गरे। पहिचानको मुद्दामा आङदेम्बेको कविता फरक ढंगबाट आएको उदाहरण दिए। मुकारुङले ‘बोध’ कविताको उदाहरण  कृतिकार आङदेम्बेको काव्यिक सोचाइको क्षेत्रफल अत्यन्तै फराकिलो रहेको बताए।

कवि भुपाल राईले कृतिमा समेटिएको धेरै कवितासँग आफ्नो विचारहरु समानान्तर रहेको बताए। कृतिमा रहेका केही मुन्धुमी कविताहरु धेरै नै उच्च स्तरको रहेको बताउँदै उनले लेखकको खुलेरै तारिफ गरे। राईले कृतिभित्रका ‘बाजेसँग’, ‘साइनो नहुनेहरु’, ‘स्खलित चिन्तन’, ‘मिक्चिरिफुङ’लगायतका उदाहरण दिँदै पुस्तक नेपाली साहित्यमा एक बलियो हस्ताक्षरको रुपमा आएको बताए। 

कृति ‘द नेसन्स फ्ल्याङ्स’ र ‘द मार्जिन’ले संयुक्त रुपमा प्रकाशनमा ल्याएका हुन्।
 

प्रकाशित: Apr 27, 2021| 09:27 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।