बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • प्रदेश र संघीय सरकारले समयमा ध्यान नदिँदा स्थिति भयावह बन्यो

प्रदेश र संघीय सरकारले समयमा ध्यान नदिँदा स्थिति भयावह बन्यो

कोरोना संक्रमितलाई पहिले दिइने औषधिले काम नगरेको स्वास्थ्यकर्मीले बताएका छन्। पहिले प्लाज्माले काम गरेकोमा अहिले कुनै असर गरेको छैन। १ जनाबाट २, २ बाट ४, ४ बाट ८ हुँदै दोब्बरको आधारमा संक्रमण फैलिएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

लुम्बिनी प्रदेशको बाँके जिल्ला दोस्रो कोरोना महामारीको संकटमा छ। सदरमुकाम नेपालगन्ज सबैभन्दा बढी प्रताडित छ। संक्रमितले उपचार पाएका छैनन्। संक्रमण फैलिइरहेको छ। नेपालगन्ज उपमहानगरले सामना गरिरहेको महासंकट, त्यसको समाधानका लागि अपनाइएका उपाय, केन्द्र सरकारको अपेक्षा लगायतका विषयमा नेपाल समयका लागि विनोद परियारले नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापा मगरसँग गरेको कुराकानीको सम्पादित अंश : 

triton college

नेपालगन्जको पछिल्लो अवस्था कस्तो छ? 

नेपालमा दोस्रो कोरोना लहरले पीडा दिएको छ। बाँकेमा मात्रै २५ सयभन्दा बढी सक्रिय संक्रिमत छन्। १५ सय त नेपालगन्ज उपमहानगरभित्रका छन्। ९० जना मृत्यु भएकामा ४५ जना त नेपालगन्जका थिए। हामी अहिले कोरोनासँग जुधिरहेका छौं। 

महामारी नियन्त्रणमा तपाईंहरूकाे तयारी नै फितलाे रह्याे कि? 

हामीसँग जेजति स्रोतसाधन छ त्यसको भरपूर प्रयोग गरेका छौं। हामीसँग भएको शक्ति लगाएका छौं। तर, पनि स्थिति असहज बनेको छ। कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रूत रुपमा फैलिएको छ। एक सय ३० बेडको आइसोलेसन सेन्टरमा बिरामी भरिएका छन्। त्यहाँ सीमाबाट फर्केका नेपाली र कोरोना पोजेटिभ भएका व्यक्तिलाई राखिएको छ। अक्सिजनसहितको सेवा  भने छैन। 

corrent noodles
Metro Mart

आईसीयू बेड रहेका भेरी अस्पताल, कोहलपुर मेडिकल कलेजमा पनि जटिल बिरामीले उपचार गराइरहेका छन्। तर, यो पर्याप्त छैन। नेपालगन्ज उपमहानगरपालिकाले यो जोखिम हेरेर काम गरिरहेकै छ। नेपालगन्ज उपमहानगरपालिकामा देखिएको समस्यामा बाँके जिल्लाका अन्य आठ स्थानीय तह पनि साथमै छन्। गत वर्ष कोरोना देखिएका बेला ८ वटा स्थानीय तह मिलेर भेरीमा कोरोना वार्ड बनाएका थियौं। तयारी गत वर्षदेखिकै हो। तर, त्यतिले दोस्रो लहरलाई थेग्न सकेन। नेपालगन्ज भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले जोखिम अलि बढी भएको हुन सक्छ। तर, हामीले सीमामा गत वर्ष राखेकै कर्मचारीलाई निरन्तरता दिइरहेका छौं। हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे पनि महामारीसँग जुध्न निकै कठिन भइरहेको छ। 

अघिल्लो वर्षको तयारीले केही सहयोग भएन? 

त्यतिखेर पीसीआर परीक्षण गर्दा संक्रमित नै कम देखिएका थिए। अस्पतालमा उपचारको व्यवस्थापन सहज थियो। उपचार गर्दा संक्रमितलाई निको पारेको अवस्था थियो। तर, अहिले कोरोना संक्रमितलाई पहिले दिइने औषधिले काम नगरेको स्वास्थ्यकर्मीले बताएका छन्। पहिले प्लाज्माले काम गरेकोमा अहिले कुनै असर गरेको छैन। १ जनाबाट २, २ बाट ४, ४ बाट ८ हुँदै दोब्बरको आधारमा संक्रमण फैलिएको छ। हामीले कोरोना दोस्रो सुरु हुनासाथ अपुग भएको आइसोलेसनको क्षमता बढाउँदै गर्दा कोरोना नियन्त्रण गर्न नसक्ने गरी फैलिएको छ। गत वर्ष कोरोना महामारीको सामना गर्दा जे तयारी गरेका थियौं, त्यसलाई निरन्तरता दिएकै हो। भेरी अस्पतालमा १०–२० हुँदै सबै बेड भरिएका छन्।

प्रदेश र केन्द्र सरकारबाट कत्तिको सहयोग पाइएको छ? 

हामीले यसको जोखिम हेरेरै प्रदेश र केन्द्र सरकारलाई जटिलता आउन सक्छ भन्दै अनुरोध गरेका थियौं। तर प्रदेश र केन्द्र सरकारले कानमा तेल हालेर बसे। अहिले महामारी भएपछि बल्ल केन्द्र र प्रदेशका प्रतिनिधि देखापरेका छन्। 

अहिले आरोपप्रत्यारोप लगाउने बेला त होइन। तर, हामीले दुुई हप्ताअघि नै स्थानीय सरकारले मात्रै कोरोनाको सामना गर्न नसक्ने भएकाले सहयोगका लागि अपिल गरेका थियौं। त्यसको सुनुवाइ नहुँदा आज नेपालगन्जमा भयावह अवस्था देखिएको हो। नेपालगन्ज उपमहानगरपालिकाले जनशक्ति परिचालनदेखि नागरिकको जीवन बचाउन शतप्रतिशत काम गरेको छ। एकल प्रयासले महामारी जित्न सकिँदैन। यसका लागि प्रदेश, केन्द्र र आम नागरिकको साथ चाहिन्छ। अब कोरोना जित्न हामीसँग सामूूहिक प्रयत्न नै आवश्यक छ। 

अब सामना कसरी गर्ने त? 

अब गर्छु भनेर होइन गरौं भनेर लाग्ने बेला हो। स्थानीय सरकारका हिसाबले हामी अस्पतालको क्षमता बढाउन तयार छौं। प्रदेश र संघीय सरकारले बजेट र जनशक्ति व्यवस्थापन तुरुन्त गर्नुपर्छ। नेपालगन्ज उपमहानगरले ५० वटा अक्सिजनसहितको बेड बनाउन लागिपरेका छौं। १ सय ३० बेडको आइसोलेसनमा पनि अक्सिजन व्यवस्था गर्न जरुरी छ।

अहिले अक्सिजन र जनशक्तिको पनि अभाव छ। अब द्रूत गतिमा काम गर्नुपर्छ। हामीसँग तालिम हल पनि छ। जहाँ एक सय जना राख्न सकिन्छ। अक्सिजन हुनासाथ तुरुन्तै ५० बेड सुरु गर्न हामी तयार छौं। यसका साथै भेरी अस्पतालमा पनि जनशक्ति र उपकरणको व्यवस्थापन गर्न आवश्यक छ।

मेडिकल कलेज कोहलपुरले पनि २ सय ५० बेड कोभिड बिरामीका लागि छुट्याउने प्रतिबद्धता जनाएको छ। विज्ञ टोलीले पनि ५ सय बेडको बनाउन सुुझाव दिएको छ। जनशक्ति अभाव पूूर्ति गर्न सबै सरकारबीच समन्वय हुन जरुरी छ। 

नेपालगन्जको कोरोना संकट नियन्त्रण गर्न कति समय लाग्ला? 

यसको ठ्याक्कै समय त यसै भन्न सकिन्न। तर, नागरिक पनि जिम्मेवार हुँदा छिट्टै यो संकटबाट मुक्ति पाइन्छ। सरकारका तर्फबाट उपचार व्यवस्थित बनाउन लागिपरेकै छ। संघीय र प्रदेश सरकारबाट पनि प्रतिबद्धता आएको छ। मुख्य कुरा त सावधानी नै हो। रोग लाग्न नदिने र लागिहाले उपचार गर्ने। यो दुई पाटोलाई सुधार गर्न नै अहिलेको आवश्यकता हो। हामीले मात्रै गरेर नपुुग्ने भएकाले जिल्लामै निषेध आदेश जारी भएको छ। नागरिकहरु घरभित्रै बसिदिनुुभयो भने कोरोना जितिन्छ। अहिले विवाहको सिजन भएकाले प्रत्येक नागरिकले यस्ता सामाजिक संस्कारलाई भीडभाड नगरी मनाउन जरुरी छ। 

नेपालगन्जको सन्देश के छ? 

महामारी साइत हेरेर आउँदैन। कोरोना संकटसँग नेपालगन्जका स्थानीय सरकार, प्रहरी, नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबै लडिरहेका छौं। अघिल्लो पटक पनि नरेनापुरमा यस्तै सामना भोगेका हौं। हामीले त्यो बेलाको कोरोनालाई पनि जित्यौं, अहिले पनि जित्छौं। सबै मिलेर लडौं, एकले अर्कोलाई सकरात्मक रूपमा सहयोग गरौं, महामारीका बेलामा राजनीतिक पूर्वाग्रह त्यागेर जनताको जीवन बचाउन लाग्नुपर्छ। 

कोरोना महामारीका लागि देशैभरका स्थानीय सरकारले तयारी राम्रोसँग गरौं। नेपालगन्जमा पनि केही दिनअघि स्थिति सहज थियो। लापरबाही नगरौं। 

प्रकाशित: Apr 27, 2021| 06:49 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...