आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा-पाल्पामा बिहीबार  बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।  बस खस्दा  १० जना घाइते भएका छन् । तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस पाल्पाको रम्भा–४ स्थित सडकमा अनियन्त्रित भई डेढ सय मिटर तल खसेको थियो । 

दुर्घटनामा तानसेन –४ का विष्णुमान बज्राचार्य, वडा नम्बर ११ का कृष्ण बहादुर बोहोरा, २ का देवेन्द्रलाल प्रधान र लोकनाथ ढकाल,  ३ की कमला कार्की र बसन्ती खाँड, ४ का दुर्गाबहादुर सारु तथा ६ की गीता बुढाथोकी, सुशीलप्रसाद श्रेष्ठ र सचिन बज्राचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, तानसेन ५ की दुर्गादेवी श्रेष्ठ, ३ का कृष्णमान बज्राचार्य र क्षेत्रमान शाक्य तथा तानसेन २ की मुना सारुले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । 

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट रामपुर भ्रमणमा गएको बस दुर्घटनामा परेको हो । घाईते ९ जनाको तानसेनस्थित मिसन अस्पताल र १ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । साघुरो बाटोमा विपरित दिशाबाट आएको मोटरसाइकललाई साईड दिने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।  

घटनास्थल पुगेका सशस्त्र प्रहरी पाल्पाका डीएसपी राजु शाहले घाइतेहरुको उद्धार गरी अस्पतालमा उपचार भइरहेको बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।