काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको सजाय माफी गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट महिला संघले राजधानीमा प्रर्दशन गरेको छ ।
नेपाल महिला संघको काठमाडौंको आयोजनामा काठमाडौं जिल्ला प्रशाससन कार्यालय अगाडि महिला संघले ज्यान मुद्दा जस्तो गम्भिर फौजदारी मुद्दाका अभियुक्तको सजाय माफी दिएको विरोधमा प्रर्दशन तथा धर्ना दिएको महिला संघले जनाएको छ ।
सर्वोच्च अदालतमा ढुंगेलको सजाय माफी गर्न हुने/नहुने विषयमा बहस जारी रहेको अवस्थामा सरकारले अदलातको समेत अपमान हुने गरी ढुंगेलको सजाय माफी गर्दै रिहा गरेको भन्दै संघले विरोध गरेको हो ।
यसअघि नेपाली कांग्रेस निकटको नेपाल बिद्यार्थी संघले पनि विरोध प्रर्दशन गरेको थियो । सरकारले असल चालचलन भएको भन्दै गणतन्त्र दिवसका दिन बाँकी कैद मिनाहा गर्दै ढुंगेललाई जेल मुक्त गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४