आइतबार, असार २८, २०८३

सरकारलाई पुग्यो दुई तिहाइ, उपेन्द्र यादव सरकारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय समाजवादी फोरम नेपाल शुक्रबारदेखि सरकारमा सहभागी हुने भएको छ । फोरम सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुविधाजनक दुई तिहाई मत पुगेको छ । 

सरकारसँग भएको दुई बुँदे सहमतिसँगै वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले शुक्रबार दुई मन्त्रीको नाम टुंगो लगाएको हो ।
 
फोरमबाट सरकारमा नेतृत्व गर्ने अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने अर्का नेता इस्तियाक राइनले सहरीविकास मन्त्रालय पाउने भएका छन् । 

दुवै मन्त्रीको अपरान्ह साढे चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथग्रहण गर्ने तय भएका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले नेपाल समयलाई जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।