'तेरो निधारमै शरणार्थीको मोटो 'श' लेखिदिएको छ ।'
शिक्षकले अस्पष्ट बोल्ने एक विद्यार्थीको निधारमा लौरोले घोच्दै हप्काउछन् । उक्त विद्यार्थी आफू स्वतन्त्र भएको महशुस गर्न हजार पर्यत्न गर्छ । संघर्षपूर्ण यात्रा, जीवन शैली र विस्थापनको पीडामा छटपटिएका तिब्बती शरणार्थीहरूको दर्दनाक कथा हो ।
नेपाल भारतमा विस्थापन भएर अनागरिक झैं बाँचिरहनुको पीडा डर र एक दिन घर फर्किने आशाबीचको अन्तर द्वन्द्वको कथा बुनिएको छ । नाटकमा तिब्बतीहरू शरणार्थी हुनु अघि उनीहरूले मान्दै खाएको देविदेउताहरूको शक्तिको अन्तर कथालाई शराणर्थी तिब्बतीहरूले घरीघरी सम्झदै देश फर्किने झिनो आशा लिइरहेका छन् ।
फरक संस्कृति र समाजको बीचमा संघर्ष गरेर बाँच्न बाँध्य छन् तिब्बतीयनहरू । विषयवस्तु जति गम्भीर छ त्यति नै नाटकमा कलात्मक र इन्टरटेन्मेन्ट गराउदै शरणार्थीहरूको भौतिक र मानसिक पक्षलाई प्रस्तूत गर्न खोजिएको छ ।
तिब्बती शरणार्थी तेञ्जिङ सुण्डुको कविता केन्द्रीत कोरामा आधारित नाटक हो-कोरा । यस नाटकमा हामीले सुुण्डुको ४ वटा कवितालाई जोडेका छन् । होराइजन-क्षितिज, रिफ्युजी-शरणार्थी, दि तिब्बतियन इन मुम्बई-मुम्बईमा तिब्बती र एग्जाइल हाउस-निर्वासन घर जस्ता कविताको संयोजनबाट 'कोरा'लाई नाटकिकरण गरिएको हो ।
पृष्ठभूमिमा बजिरहने संगीतले नाटकलाई अझ हृदयस्पर्श गराउछ । उक्त मर्मस्पर्श संगीत कम्पोज गरेका छन् रुविन (कुटुम्ब) र श्रीती प्रधान । अंग्रेजीबाट नेपालीमा अनुवाद चे शंकरले गरेका छन् भने लुनिभा तुलाधरले परिकल्पना तथा निर्देशन गरेकी हुन् । शिल्पीकै आठौं व्याजका विद्यार्थी र केही अनुभवी कलाकारले कोरामा उत्कृष्ट अभिनय गरेका छन् ।
शिल्पी थियटरमा १७ गतेदेखि जेष्ठ ३१ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४