सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • महाकालीमा खसेको तुइन भेटिएन, एसएसबीले धम्क्याएपछि सञ्चालकले नै बगाइदिए

महाकालीमा खसेको तुइन भेटिएन, एसएसबीले धम्क्याएपछि सञ्चालकले नै बगाइदिए

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको सर्वत्र चर्चा चलिरहेको बेला बलियो प्रमाणको रुपमा रहेको तुइन भने प्रहरीले फेला पार्न सकेको छैन।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

धनगढी– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको सर्वत्र चर्चा चलिरहेको बेला बलियो प्रमाणको रुपमा रहेको तुइन भने प्रहरीले फेला पार्न सकेको छैन। 

घटनालगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामी नेतृत्वको टोलीले घटना निम्त्याउने तुइन भने फेला पार्न सकेन। टोलीले तुइन सञ्चालक कल्याणसिंह धामीसँग सोधपुछ गर्दा उनले तुइनमा प्रयोग भएको बिजुलीको  फलामको तार महाकाली नदीमा बगाइदिएको बताए। 

वडा नम्बर २ का अध्यक्ष गणेशसिंह धामीले एसएसबीले धम्क्याएपछि तुइन सञ्चालक कल्याणसिंह धामीले तुइन खोलेर महाकालीमा बगाइदिएको बताए। अध्यक्ष धामीले भने, 'एसएसबीले धम्क्याएपछि कल्याणले तुइन खोलेर महाकालीमा बगाइदिएँ।' 

घटनास्थलमा तुइनमा प्रयोग भएको तार फेला नपरेकाे सशस्त्र प्रहरी नायव उपरीक्षक वीरसिंह धामीले बताए। भने, ‘तुइन सञ्चालक कल्याणसिंह धामीले नै तार तानेर फालेका रहेछन्। स्थानीयले एसएसबीले तार काटेको भनेका छन्। तार भेटिएको भए काटेको हो कि होइन पत्ता लाग्थ्यो होला।’ अरु कुरा उनले बताउन मानेनन्। भने, 'अरु कुरा केन्द्रबाट आएको छानबिन टोलीले बताउलान्।'

प्रकाशित: Aug 03, 2021| 14:28 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।