बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा मानवअधिकारको अवस्था झन् खराब : एम्नेस्टी इन्टरनेसनल

अमेरिकामा मानवअधिकारको अवस्था झन् खराब : एम्नेस्टी इन्टरनेसनल

कोरोना महामारी र राष्ट्रपति ट्रम्प शासनकालमा नै अमेरिमा जर्ज फ्लोयडको प्रहरीले बर्बरतापूर्वक हत्या गरेको थियो। यसपछि भएको 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलनमा पनि सरकारले दमन गरेको थियो। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौ- संयुक्त राज्य अमेरिकामा मानव अधिकारको अवस्था झन् खराब हुँदै गएको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले औंल्याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प शासनकाल र कोरोना महामारीका कारण सन् २०२० मा अमेरिकामा मानव अधिकारको अवस्था झन् खराब रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको हो। 

National life

उक्त प्रतिवेदनका १५ सूचकमा आधारित भई अमेरिकामा मानव अधिकारको अध्ययन गरिएको थियो। मुख्य गरी नागरिकहरूको गैरकानुनी हत्या, लैंगिक अल्पसंख्यकहरूका अधिकार र शान्तिपूर्ण सभा गर्न पाउने अधिकारमाथि अंकुश लगाइएकाले प्रतिवेदनले अवस्था झन् खराब भएको उल्लेख गरेको हो। 

सन् २०२० मा अमेरिमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीले बर्बरतापूर्वक हत्या गरेको थियो। यसपछि भएको 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलनमा पनि सरकारले दमन गरेको थियो। 

'हाम्रो कानुनले शान्तिपूर्ण सभा गर्न पाउने, अभिव्यक्ति स्वतन्त्रता को प्रत्याभूति गरेको छ,' एम्नेस्टीका नेसनल एडभोकेसी डिरेक्टर जोन लिनले भने, 'तर यस्ता अधिकार हाम्रै देशमा संकटमा परेको हामीले देखेका छौँ।'

एम्नेस्टीले विश्वका अधिकांश देशमा अध्ययन गरी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2021| 05:40 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।