बिहीबार, फागुन २८, २०८२

ब्राजिलमा एकैदिन ४ हजार कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिँदै गएकाले कोरोना संक्रमण र मृत्यु हुनेको संख्या पनि बढेको बताइएको छ। कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँका अस्पतालमा भिडभाड बढेको बिबिसीले जनाएको छ। केही सहरमा संक्रमित उपचारको प्रतीक्षा गर्दागर्दै मरिरहेको बताइएको छ। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

रियो दि जेनेरियो (ब्राजिल)- ब्राजिलमा एकै दिन ४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टा अविधमा मृत्यु भएका कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। 

National life

कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिँदै गएकाले कोरोना संक्रमण र मृत्यु हुनेको संख्या पनि बढेको बताइएको छ। कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँका अस्पतालमा भिडभाड बढेको बिबिसीले जनाएको छ। केही सहरमा संक्रमित उपचारको प्रतीक्षा गर्दागर्दै मरिरहेको बताइएको छ। 

ब्राजिलमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ लाख ३७ हजारभन्दा बढी पुगेको छ। अमेरिकापछि यो संख्या संसारकै बढी हो। 

संक्रामक रोग विशेषज्ञ इथल म्यासिअलले देश 'डरलाग्दो' अवस्थामा पुगेको बताएका छन्। उनले कम्तीमा पनि २० दिन लकडाउन गर्न सुझाएका छन्।

कोरोना संक्रमण र मृतकको संख्या बढ्दै गएपनि ब्राजिली राष्ट्रपति जाइर बोल्सेनारोले लकडाउन नगरिने बताएका छन्। लकडाउन गरिए अर्थतन्त्र धरापमा पर्ने र झन् ठूलो क्षति हुने भएकाले लकडाउन नगरिने तर्क उनको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2021| 04:56 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।