बुटवलः सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार राती आएको वर्षासंगै पहिरो खस्दा बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरोका कारण पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् ।
पहिरोसंगै ठूला ठूला ढुङ्गा सडकमा खसेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सिमसिम पानी परिहरेकोले पहिरो पन्छाउने काम द्रुत गतिमा अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४