आइतबार, असार २८, २०८३

सुन तस्करीमा मुछिएका एसएसपी खत्री जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी– सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीले पनि मुख्य अभियुक्तको रूपमा नाम लिएका एसएसपी श्याम खत्री जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत मोरङमा हाजिर भएका खत्रीको अदालत कर्मचारीले १२ पेज लामो बयान लिएका थिए । 

फरार रहेका उनलाई इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएको थियो । अदालतमा आत्मसमर्पण गरेका उनको बिहीबार नै थुनछेक बहस भएको थियो । न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले उनलाई पुर्पक्षमा पठाएको हो । आदेशलगत्तै खबीलाई लिएर मोरङ कारागार पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार एसएसपी खत्री भारतमा लुुकेर बस्दै आएका थिए । 

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी गोविन्दप्रसाद निरौलासहित २८ जनालाई पुर्पक्षमा पठाइएको छ । उनीहरूलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ । 

खत्रीका चालक प्रहरी जवान विष्णुुबहादुर खड्कालाई १५ हजार धरौटी र अंगरक्षक अम्मरबहादुर थापालाई साधारण तारेखमा छाडिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले १९ वैशाखमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।