आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभा अधिकृतको गाडीबाट प्रदेश प्रमुखका अंगरक्षक घाइते

प्रदेशसभा अधिकृतको गाडीबाट प्रदेश प्रमुखका अंगरक्षक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम– प्रदेश–२ को प्रदेशसभा परिसरभित्र सवारी दुर्घटना हुँदा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अंगरक्षक घाइते भएका छन् । 

दुर्घटनामा कायस्थका अंगरक्षक शिवजीदेव शर्माको खुट्टामा गम्भीर चोट लागेको छ । प्रदेशसभा सचिवालयका शाखा अधिकृत अमरेन्द्र कुसियतले सिक्ने क्रममा बा२च ६५० नम्बरको गाडीबाट शर्मालाई ठक्कर दिएका थिए । शर्मा प्रहरी हवल्दार हुन् ।

घटनामा शर्माको दायाँ खुट्टा काम नलाग्ने अवस्थामा पुगेको धनुषाका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल पठाइएको छ । 

बुधबार राति करिब आठ बजे प्रदेशसभाका मर्यादापालकहरू मेसमा खाना खाने तयारी थिए । क्वार्टर भवनको बरान्डामा प्रदेश प्रमुख कायस्थका अंगरक्षक शर्मा कुर्सीमा बसेर मोबाइल चलाइरहेका थिए । 

गाडी सिक्न बाहिर निकाल्ने क्रममा अनियन्त्रित भएर शर्मालाई ठक्कर दिएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।