आइतबार, असार २८, २०८३

ओलीले बिमस्टेक महासचिवलाई भने– पानीजहाज चलाऊँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिमस्टेक)का महासचिव सहिदुल इस्लामलाई सदस्य मुलुकहरूमा पानी जहाज सञ्चालन गर्न सुझाएका छन् । 

प्रधानमन्त्री ओलीसँग बिहीबार बिहान महासचिव इस्लामले शिष्टाचार भेट गरेका थिए । बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य छन् । 

आर्थिक र सामाजिक विकासको गतिलाई तीव्रता दिन सदस्य राष्ट्रहरूबीच ‘कनेक्टिभिटी’ जरुरी रहेकामा प्रधानमन्त्रीको जोड थियो । स्रोतका अनुसार बंगालको खाडीसम्म सातै सदस्य राष्ट्रका नदीहरूको पहुँच रहेकाले पानी जहाज सञ्चालन सहज रहेको ओलीले सम्झाए । 

क्षेत्रीय संगठनहरूलाई विकास र समृद्धिको माध्यम बनाउनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । खासगरी, बिमस्टेकलाई प्रभावकारी बनाउन अल्प, मध्य र दीर्घकालीन योजना निर्माणमा लाग्न उनले महासचिव इस्लामसँग आग्रह गरे । नेपालले छिट्टै बिमस्टेक सम्मेलनको आतिथ्यता गर्ने कुरामा प्रधानमन्त्रीले विश्वस्त बनाए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।