काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ अदालत पुगेर आत्मसमर्पण गरेका छन् । अहिले अदालतले उनलाई बयान दिइरहेको प्रहरीले जनाएको छ ।
खत्रीले आत्मसमर्पण गरेसँगै सुन तस्करी काण्डको पुरै जालो पत्ता लाग्ने अनुमान गरिएको छ । फरार रहेका खत्रीको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस पनि जारी भएको थियो । खत्रीलार्इ यसअघि दुवर्इबाट आएको ३४ किलो सुन प्रकरणमा पक्राउ गरिएको भएपनि अदालतले सफाइ गरेको थियो ।
मुख्य तस्करीमा संलग्न मुख्य व्यक्ति चुडामणी उप्रेती गोरेले दिएको वयानमा प्रहरीका बहालवाला पहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीको संलग्ना रहेको बताएका थिए । खत्रीसँगै सेटिङ मिलाउने गरेको गोरेले बताएपछि उनको संलग्नता रहेकोले खोजीको सूचीमा थिए ।
सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४