शनिबार, असोज १०, २०८३

एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति

भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्।

यो घटना अजमेरको पटेल नगर तोपदडाको हो। यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगिन। र, उनले राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र कलेक्टरलाई बुझाइन्। त्यसमा आत्महत्या गर्नका लागि अनुमति मागिएको थियो।

उनले श्रीमानसहित परिवारका सदस्यले पटक-पटक बच्चाहरूसहित आफूलाई घरबाट निकाल्ने धम्कि दिनेगरेको आरोप लगाएकी छन्।

ती महिलाको नाम सोनु चौहान हो। 'मेरो विवाह २००७ जनवरी २९ मा भएको हो। मेरो श्रीमान सासु र नन्दले भनेअनुसार मलाई कुटपिट गर्नुहुन्छ। धेरै वर्षदेखि मैले यो पीडा सहदै आएकी छु। म १३ र ९ वर्षकी छोरी तथा ५ वर्षको छोरासहित ४ वर्षदेखि छुट्टै बस्दै आएकी छु। र, मलाई परिवारका सदस्यहरूले यहाँ पनि सास्ति दिने गरेका छन्', उनले ज्ञापन पत्रमा लेखेकी छन्।

पीडितले श्रीमानले सधै झगडा गर्ने गरेको आरोप लगाएकी छन्। १४ वर्षदेखि श्रीमाले नियमित दु:ख दिनेगरेको उनको दुखेसो छ। उनले यस्तो अवस्थामा अब आफू बाच्नै नसक्ने बताएकी छन्। अबरउजालाबाट

प्रकाशित: Apr 02, 2021| 01:04 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।