आइतबार, असार २८, २०८३

'सेनाले फास्ट ट्रयाक बनाउन सक्दैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : एमालेको सूर्य चिन्हले चुनाव जितेका  सांसद हृदयेश त्रिपाठीले सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) नबनाउने दाबी गरेका छन् । 

प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलमा भाग लिँदै बिहीबार त्रिपाठीको दाबी थियो, 'सेनाले फास्ट ट्रयाक बनाउनै सक्दैन ।' बम र बारुद पड्काउने काम नभएकाले सेनालाई उक्त सडक निर्माणको जिम्मा दिइनु नै गलत भएको उनको भनाइ छ। 

'सरकारले सडक निर्माणको जिम्मा सेनालाई किन दियो, थाहा पाउन सकिएन,' उनले थपे । फास्ट ट्रयाक निर्माण भएन भने त्यहाँ ठूलो मानव बस्ती बस्ने उनको जिकिर थियो ।

सरकारले झन्डै एक वर्षअघि सेनालाई फास्ट ट्रयाक निर्माणको जिम्मा दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ १४ गते जेठ शिलान्यास गरेको फास्ट ट्रयाक निर्माणलाई चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सेनाले धमाधम काम गरिरहेको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।