आइतबार, असार २८, २०८३

मन्‍‍त्री छान्‍न उपेन्द्र यादवलाई सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमभित्र मन्त्री छान्ने विषयमा बिवाद देखिएको छ । आकांक्षी धेरै भएपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको छ ।
 
यादवले मंगलबार र बुधबार दिनभर कसरत गरे पनि मन्त्रीको नाम टुङ्ग्याउन सकेनन् । भागबन्डा अनुसार दुईवटा मन्त्रालय पाएको फोरमबाट अध्यक्ष यादव स्वयम सरकारमा जाने तयारीमा छन् । तर, अर्को एक मन्त्री र राज्यमन्त्री छान्न भने उनको पसिना छुटेको छ । फोरमको भागमा सहरी र स्वास्थ्य मन्त्रालय परेको छ ।
 
अध्यक्ष यादवले सहरी रोज्ने सम्भावना रहेको छ । स्वास्थ्यमन्त्री र एक राज्यमन्त्रीका लागि फोरममा लडाइँ सुरू भएको हो । स्वास्थ्य मन्त्री बन्नका लागि महासचिव रामसाह यादव, रेणु यादव, राजेन्द्र श्रेष्ठ, इस्तियाक राई दौडमा छन् । यसैगरी प्रदीप यादव, हरिनारायण रौनियार, उमाशंकर अरगरिया पनि मन्त्रीको आकांक्षी छन् । अध्यक्ष यादव रेणु वा राजेन्द्र मध्ये एकलाई छान्ने मनस्थितीमा रहेको स्रोतको भनाई छ । 

महासचिव रामसाह यादवका अनुसार बुधबार भएको छलफलबाट सुझाव लिने काम भएको छ, आजको बैठकले नाम तय गर्न सक्छ । सबैको प्रतिनिधित्व हुने गरि नाम तय गरिने उनले जानकारी दिए । फाेरमले जेठ १३ गते सरकारमा जान सहमत भएकाे थियाे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।